२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाल प्रहरीको २२ जना SSP मध्ये १२ जनाले मात्र DIG हुने

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

सागर थापा काठमाडौं नेपाल प्रहरीमा ३४ दरबन्दीमा २२ पद खाली रहेको नेपाल प्रहरी नायव महानिरिक्षक (डिआईजीपी) बढुवामा बिलम्ब हुनुको मुख्य कारण गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीको ‘मतभेद’ रहेको सतहमा खुलेको छ ।
मतभेदको कारणचाहिँ डिआईजीको दरबन्दी संख्या घटाउनुपर्ने गृह मन्त्रालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय सहमत नहुनु रहेको बताइन्छ । यहि मुख्य कारणले गर्दा रिक्त रहेका २२ डिआईजी पदका लागि तयार रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरूको बढुवा कोपभाजनमा परिरहेको बताइन्छ ।
‘आईजी ज्ञवाली अहिले डिआईजीको संख्या घटाउनुपर्छ भन्ने गृहको प्रस्तावमा सहमत बन्न सक्नुभएको छैन । एक से एक योग्य प्रहरी अधिकारी रहेका कारण सबैलाई पदीय समानता दिनुपर्छ भन्ने आईजीको मान्यता हो’, प्रहरी उच्च स्रोतले भन्यो ।
तीन जना प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) पदका लागि भने सिफारिस गर्नका लागि कुनै समस्या भएको थिएन । ति पदका लागि तारिणी लम्साल, शैलेश थापा र हरि पालको सिफारिस भइसकेको छ जसलाई मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी छ ।
‘प्रहरी संगठनलाई अझ चुस्त र अस्वस्थ्य प्रतिस्पर्धाबाट जोगाउनका लागि गृह मन्त्रालयले डिआईजीको संख्या घटाउने प्रस्ताव गरेको हो’, गृह स्रोतले भन्यो,‘यो परामर्श र छलफलको चरणमा नै रहेको छ । यसमा एक प्रकारको निर्णय हुनेछ ।’
गृह मन्त्रालयले कम्तिमा १० वटा डिआईजीका पद खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ । यस हिसाबले २४ दरबन्दी मात्र कायम हुनेछ र बढुवाका लागि २२ जनाको स्पर्धामा १० जना रोकिनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!