२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

नेपाल प्रहरीको २२ जना SSP मध्ये १२ जनाले मात्र DIG हुने

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

सागर थापा काठमाडौं नेपाल प्रहरीमा ३४ दरबन्दीमा २२ पद खाली रहेको नेपाल प्रहरी नायव महानिरिक्षक (डिआईजीपी) बढुवामा बिलम्ब हुनुको मुख्य कारण गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीको ‘मतभेद’ रहेको सतहमा खुलेको छ ।
मतभेदको कारणचाहिँ डिआईजीको दरबन्दी संख्या घटाउनुपर्ने गृह मन्त्रालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय सहमत नहुनु रहेको बताइन्छ । यहि मुख्य कारणले गर्दा रिक्त रहेका २२ डिआईजी पदका लागि तयार रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरूको बढुवा कोपभाजनमा परिरहेको बताइन्छ ।
‘आईजी ज्ञवाली अहिले डिआईजीको संख्या घटाउनुपर्छ भन्ने गृहको प्रस्तावमा सहमत बन्न सक्नुभएको छैन । एक से एक योग्य प्रहरी अधिकारी रहेका कारण सबैलाई पदीय समानता दिनुपर्छ भन्ने आईजीको मान्यता हो’, प्रहरी उच्च स्रोतले भन्यो ।
तीन जना प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) पदका लागि भने सिफारिस गर्नका लागि कुनै समस्या भएको थिएन । ति पदका लागि तारिणी लम्साल, शैलेश थापा र हरि पालको सिफारिस भइसकेको छ जसलाई मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी छ ।
‘प्रहरी संगठनलाई अझ चुस्त र अस्वस्थ्य प्रतिस्पर्धाबाट जोगाउनका लागि गृह मन्त्रालयले डिआईजीको संख्या घटाउने प्रस्ताव गरेको हो’, गृह स्रोतले भन्यो,‘यो परामर्श र छलफलको चरणमा नै रहेको छ । यसमा एक प्रकारको निर्णय हुनेछ ।’
गृह मन्त्रालयले कम्तिमा १० वटा डिआईजीका पद खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ । यस हिसाबले २४ दरबन्दी मात्र कायम हुनेछ र बढुवाका लागि २२ जनाको स्पर्धामा १० जना रोकिनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!