२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

पाकिस्तानमा हिमपात पहिरोले पाँचको मृत्यु

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

इस्लामाबाद पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ । यस हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ । यस हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!