१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

दाङ प्रहरीले बालविवाह गर्ने र गराउने नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

सागर थापा
दाङको घोराहीमा दाङ प्रहरीले बालविवाह रोकेको छ घोराही उपमहानगरपालिका वडा नं. १४ ढोडेनीमा बालविवाह हुँदै गर्दा प्रहरीले रोकेको हो । बालविवाहमा सम्लग्नहरुलाई प्रहरीले पक्राउ गरेर मुद्धा समेत चलाएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १३ सेवार बस्ने ३० वर्षीय कृष्णबहादुर केसी दुलाहा, दुलाहीको बुवा ४६ वर्षीय बसन्त भण्डारी र १८ वर्षीया दुलहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
दुलहीलाई उनको आमा ४० वर्षीया खिमा भण्डारीलाई जिम्मा लगाईएको छ भने दुलाहा र दुलहीको बुवालाई प्रहरीले मुलुकी अपराध ऐन २०७४ भाग २ को परिच्छेद् ११ को दफा १७३ को बालविवाह गर्न नहुने कसुरमा मुद्धा चलाएको छ । मुद्धा चलाएर आवस्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमीत खड्काले बिज्ञपत्ती मार्फत जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]