१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

कोरानाको कारण वैदेशिक रोजगारीबाट फर्केका ५६ प्रतिशत बेरोजगारमा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

काठमाडौं वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्।
पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले काम खोजेर पनि पाउन नसकेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ मा उल्लेख छ।
प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट फर्केका ७५ प्रतिशत महिला बेरोजगार छन्। उता आर्जन गरेको पुँजी, सीप र प्राविधिक ज्ञानलाई उपयोग गरी स्वरोजगार बन्नेको संख्याभन्दा बेरोजगार हुनेको संख्या बढी छ।
४२.२ प्रतिशत मात्रै रोजगार तथा स्वरोजगारमा संलग्न भएको अध्ययनले देखाएको छ। प्रतिवेदनअनुसार कुनै पनि काममा संलग्न नहुने र बेरोजगार हुनेमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बढी छन्। त्यसपछि गण्डकी प्रदेश र प्रदेश ५ का युवा बेरोजगार छन्।
स्वदेश फर्किएका श्रमिकमध्ये ७५ प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा संलग्न छन्। भारतबाट फर्किएकामध्ये ८६ प्रतिशत अनौपचारिक क्षेत्रमै संलग्न छन्। अन्य मुलुकबाट फर्किने श्रमिकमध्ये ३१ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न हुने गरेको अध्ययनले देखाएको छ।
वैदेशिक रोजगारीबाट फर्केका ठूलो संख्या बेरोजगार हुँदा स्वरोजगार बनाउन सरकारले कुनै भूमिका निर्वाह गर्न सकेको छैन। विदेशबाट फर्केका युवालाई १० लाखसम्म बिनाधितो सहुलियत कर्जा दिने प्रावधान ल्याइए पनि १८ हजारभन्दा बढी इच्छुकमध्ये सय जनाले पनि ऋण पाउन सकेका छैनन्।
श्रममन्त्री रामेश्वरराय यादवले श्रमबजारमा आउने पाँच लाख युवालाई नै स्वदेशमै व्यवस्थापन गर्ने गरी सरकार अघि बढेको बताए।
प्रतिवेदनअनुसार भारतबाट फर्केका ५१ प्रतिशत, मलेसियाबाट ३४.३ प्रतिशत, खाडी मुलुकबाट ३९.६ प्रतिशत र अन्य मुलुकबाट ४५.९ प्रतिशत कुनै पनि काम गर्दैनन्।
त्यस्तै भारतबाट फर्केका ११.९ प्रतिशत, मलेसियाबाट १४.९ प्रतिशत, खाडीबाट फर्केका १५.७ प्रतिशत र अन्य देशबाट फर्केका ११.२ प्रतिशतले काम खोजे पनि नपाएर बेरोजगार बस्न वाध्य छन्।
विदेशबाट फर्केका अधिकांशले रोजगारी पाउँदैनन्। आफैं लगानी गरेर स्वरोजगार बन्न चाहे पनि उपयुक्त वातावरण नबन्दा पुनः वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ।
श्रम मन्त्रालयका सचिव विनोद केसीले कामदारको क्षमता बढाउन सके फर्केर आएर कोही पनि बेरोजगार बस्नु नपर्ने बताए।
विदेशबाट फर्किनेमध्येमा ४३ प्रतिशत खाडीबाट फर्किन्छन्। भारत र मलेसियाबाट फर्किनेको संख्या २५÷२५ प्रतिशत छ। अन्य मुलुकबाट सात प्रतिशत कामदार फर्किने गरेका छन्।
करारपत्र सम्झौता अवधि सकेर २४.१ प्रतिशत मात्रै स्वदेश फर्किने गरेका छन्। १२ प्रतिशतले अझ राम्रो अवसरका लागि स्वदेश फर्किन्छन्। त्यसबाहेक प्रतिकूल स्वास्थ्य अवस्था, अवाञ्चित कार्य वातावारण, चोटपटक तथा शारीरिक अशक्तताका कारण पनि स्वदेश फर्किने गरेका छन्।
विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्नेको संख्या आधाभन्दा बढी छ। यस्तै रोजगारीमा संलग्नमध्ये आधाभन्दा बढीले विदेशमा सिकेको सीप प्रयोग गर्ने गरेका छन्। विदेशमा कार्यरत ४५.६ प्रतिशत आधारभूत पेसामा संलग्नमध्ये स्वदेश फर्केर २३.६ प्रतिशत सोही पेसामा काम गरेका छन्। विदेशबाट फर्केकामध्ये सबैभन्दा केरै कृषि तथा कृषिजन्य पेसामा संलग्न छन्।
मेसिनरी सञ्चालक, हस्तकला सम्बन्धी व्यवसाय, कृषि व्यावसायीकरण, सेवा र बिक्री क्षेत्र, प्राविधिक क्षेत्र लगायतमा संलग्न हुनेको संख्या विदेशको तुलनामा बढी रहेको पाइएको छ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले देशमा उद्यमशीलता बढाउन स्वरोजगार प्राधिकरण बनाउनु आवश्यक रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!