२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

मिराज ढुंगानाको नेतृत्वमा प्रधानमन्त्री राजीनामा माग्दै निवासको गेटमा पर्चा टाँसे

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर २०, २०८२

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ।

अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्।

अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार र बालुवाटार दुबै स्थानमा पटक पटक प्रदर्शन गर्दै आएका छन्। उनीहरूले अन्तरिम सरकार प्रमुखसँग दमनका घटनाको छानबिन र आन्दोलनका माग सम्बोधन गर्न आग्रह गर्दै राजीनामासमेत माग गरेका छन्।

हालसम्म भएका सबै भ्रष्टाचार प्रकरणको छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन, स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार, जेनजी विद्रोहलाई राजनीतिक आन्दोलनको रूपमा मान्यता दिन माग गरेका छन्।

यस्तै, सहिद परिवार तथा घाइतेको उचित व्यवस्थापन, २३ र २४ गतेका शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही, जेनजी आन्दोलनसहित राजनीतिक प्रतिशोधमा चलाइएका मुद्दा फिर्ता गरी विधिको शासन कायम, प्रादेशिक खर्च अत्यधिक भएको भन्दै प्रदेश सरकारको पुनर्संरचना र अनावश्यक खर्च कटौती, संविधान पुनरावलोकन तथा आवश्यक सुधार गरी त्यसपछि मात्र अर्थपूर्ण चुनावतर्फ अघि बढ्नुपर्ने माग अघि सारेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

error: Content is protected !!