२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रदेश नम्बर १ ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ ०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर पछाडि बस्ने बाराको परवानीपुर २ मुसहरी गाउँ निवासी १९ वर्षीय राजिव ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । मृतक ठाकुर ल्याब टेक्निसियन हुन् ।
स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.को प्रमुख आतिथ्यतामा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई “मानव अधिकार सम्बन्धी कानुन कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका” सम्बन्धी १ दिने अनुशिक्षण तालिम सम्पन्न भएको । साथै उक्त अनुशिक्षण तालिममा यस कार्यालयका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठबाट सहजीकरण भएको थियो ।

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको १९ नम्बर बाहिनीमा सैन्य आधारभुत तालिमरत प्रशिक्षार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बमले सवारी दुर्घटना तथा सडक नियम पालना सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

error: Content is protected !!