३० साउन २०८३, शनिबार
15-08-2026 , Sat
×

बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिसा विक घटनाको अनुसन्धान सीआईबीले गर्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, फाल्गुण २८, २०८२

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको गम्भीरता लाई मध्यनजर गर्दै बुधबार सीआईबी सँग सहयोग मागेको थियो। सोही अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा सीआईबीको विज्ञ टोली शुक्रबार सम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोञ्जुङ बुढाथापा ले जानकारी दिए।
उनका अनुसार जिल्लास्तर बाट पहिलो चरणको अनुसन्धान पूरा भइसकेको छ।
“घटनाको गम्भीरता लाई ध्यानमा राख्दै थप अनुसन्धानका लागि सीआईबीको सहयोग लिइएको हो ” डीएसपी बुढाथापाले बताए।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित नमुनाहरू केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला मा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ। उक्त रिपोर्ट प्राप्त भएपछि पोस्टमार्टम रिपोर्ट सँग तुलना गरेर घटनाको अन्तिम निष्कर्ष निकालिने बताइएको छ।
पोस्टमार्टम रिपोर्टअनुसार जबरजस्ती करणीका क्रममा पीडितको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ। शव परीक्षणका लागि भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डाक्टर अर्बिन शाक्य को नेतृत्वमा रहेको टोली कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेको थियो।
प्रहरीका अनुसार घटना जनजागरण सामुदायिक वन क्षेत्रमा फागुन २३ गते बिहान भएको हो। गुर्भाकोट–६ बडाखोली की इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आफन्तले फागुन २५ गते प्रहरीमा उजुरी दिएका थिए।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]