१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना काठमाडौँबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

एबिसी क्राईम ब्युरो
काठमाडौं १७ वर्षीया कि’शोरीलाई सा’मूहिक ब’लात्कार गरेको अभियोगमा प्रहरीले काठमाडौँको नैकापबाट दाङका एक युवासहित तीन जनालाई प’क्राउ गरेको छ ।
मंगलबार बिहान दुई बजे महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले १७ वर्षीया किशोरीलाई नैकापमा फेला पारेका थिए। उनलाई प्रहरीले सोधपुछ गर्दा तीन जनाले सा’मूहिक बला’त्कार गरेको बताएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
‘गस्ती गएको टोलीले बिहान २ बजे किशोरीलाई भेटेका थिए। आफू बला’त्कृत भएको उनले बताएपछि हामीले थप अनुसन्धान थालेका थियौं,’ डिएसपी श्रेष्ठले भने, ‘त्यसपछि नैकापबाटै हामीले तीन जना विभिन्न सवारीसाधनका सहचालकलाई प’क्राउ गरेका हौं।’
प्रहरीले दाङ राप्ती गाउँपालिका- १ का २४ वर्षीय संजय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका-९ का १९ वर्षीय पासाङ तामाङ र रामेछाप गोकुलगंगा गाउँपालिका-२ का १९ वर्षीय कपिल खड्कालाई प’क्राउ गरेको हो।
काठमाडौंबाट धादिङ जान हिँडेकी ती किशोरीलाई तीन जना सहचालकले आफूहरूले पुर्याइदिने भनेर कुराएको र बला’त्कार गरेको किशोरीले बताएकी छन्। डिएसपी श्रेष्ठका अनुसार किशोरीलाई सडक किनार पार्किङ गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकमा ज’बरज’स्ती क’रणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पक्राउ परेकाहरूलाई मुलुकी अ’परा’ध सं’हिता २०७४ को क’रणी सम्ब’न्धी क’सुरमा अनुसन्धान तथा कारवाही भइरहेको वृत्तले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

दाङ । मानव समाजको विकाससँगै सामाजिक सेवाको अवधारणा पनि विकसित हुँदै आएको छ। मानिस केवल आफ्ना लागि मात्र होइन, समाजका अन्य सदस्यहरूको हितका लागि पनि जिम्मेवार हुन्छ भन्ने भावना नै सामाजिक सेवाको आधार हो। समाजमा रहेका असहाय, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न कारणले पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न गरिने निःस्वार्थ कार्यलाई सामाजिक […]

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

error: Content is protected !!