बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो।
सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अङ्गुर जिसीको कमान्डमा* आकाशबाट ड्रोनमार्फत निगरानी, संवेदनशील क्षेत्र, घरको छत र सडकका विभिन्न स्थानबाट निगरानी गरिएको थियो।
विसर्जन र्यालीको सुरक्षाका लागि *१,१०० भन्दा बढी नेपाल प्रहरी र ३५० भन्दा बढी सशस्त्र प्रहरी* परिचालन गरिएको थियो, साथै सादा पोशाकका प्रहरी समेत खटाइएको थियो। संवेदनशील क्षेत्र पहिचान गरेर विशेष प्रबन्ध मिलाइएको प्रहरी प्रमुख जिसीले बताउनुभएको छ।
सुरक्षा अवस्थाको स्थलगत अवलोकन गर्न प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, एसपी अङ्गुर जिसी, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरीका गणपति एसपी भीमबहादुर चन्द लगायत सुरक्षा निकायका प्रमुखहरू नेपालगन्जदेखि सिधनिया घाटसम्म पुग्नुभएको थियो।
– स्थानीयका अनुसार मुस्लिम, सिख, इसाई लगायत विभिन्न समुदायका अगुवाहरू सडक किनारमा बसेर विसर्जन र्यालीलाई स्वागत गर्दै सद्भाव देखाएका थिए, जसले गर्दा बाजागाजासहित विसर्जन भव्य र शान्तिपूर्ण रुपमा सम्पन्न भयो।