२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

गाउँ घरमा देखिनुपर्ने गाईगुरुहरु नेपालगञ्जको मुख्य बजारमा उपहानगरपालिका मौन

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

महेन्द्र सिंह/बिदुर एमसी
बाँके जिल्लाको नेपालगन्ज बजारमा सामान्यतया गाउँ घरतिर खेतबारीमा खाेला या जङ्गलजस्ता ठाउहरुमा देखिने गाईका बथानहरु शहर बजार क्षेत्रमा खुल्ला छाेड्नु राम्राे हुदैन ।
यस्ता गाईबस्तु जनावरहरुका कारण फ़ोहोर मैला हुनुका साथै दुर्घटना भएर कैयौ जनधनको क्षति समेत हुने गरेका छन् ।
बाँके जिल्लाको नेपालगञ्ज बजारको न्युरोडमा जहिले पनि देखिने यी र यस्ता गाईबस्तुहरु यत्रतत्र हिडिरहेका देखिन्छन् ।
यिनका न मालिक छन्, न ग्वाला गाेठाला । जहिले देख्दा पनि यस्तै छाडा छाेडिएका देखिने यस्ता जन्तुहरुका कारण कैयौंपटक दुर्घटनाहरु भएका स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ ।
स्थानीय सरोकारवाला उपमहानगरपालिका पनि किन चुपचाप मौन छन् ?
यथा सिघ्र यी चौपाया जन्तु गाईका बथानहरुको उचित व्यवस्थापन हुनुपर्ने कुरामा स्थानीय नागरिकहरुकाे गुनासो छ । नगरपालिकाले बेवास्ता गर्दा नेपाल प्रहरी र ट्राफिक प्रहरीले नगरपालिकाले गर्ने काम पटक पटक गाई गुरु बजारबाट धपाउने गरेको स्थानीयहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!