२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

कोरोना भाईरस चिसोबाट आउने गर्मीबाट हराउने:

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

भारती चिकित्सा झण्डै ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए पनि उनीहरू आँफै निको हुनसक्ने भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) का महानिर्देशक बलराम भार्गवले आइतबार बताउनुभएको छ । भार्गवले सार्वजनिक वृत्तबाट स्वास्थ्य क्षेत्रमा गरिएको आलोचनाबारे सम्बोधन गर्दै भन्नुभयो, “बिरामीको अवस्था बुझ्नु जरूरी छ। कोरोना भाइरस सङ्क्रमणका सामान्य बिरामी ८० प्रतिशतभन्दा बढी हुने र चिसोका कारण आउने यस्तो ज्वरो आँफै निको हुनसक्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण २० प्रतिशत बिरामीमा रूघा, खोकी, ज्वरोका जटिल समस्या देखिने र तिनीहरूको उपचार अस्पतालमा भर्ना भएर गर्नुपर्ने हुन्छ ।” “अस्पतालमा भर्ना हुने करिब पाँच प्रतिशत कोरोना सङ्क्रमित विरामीलाई मात्र रोग प्रतिरोधका लागि उपचार दिइने र कतिपय बिरामीलाई मात्र नयाँ प्रकारका औषधिको संयोजन मिलाएर उपचार गरिने हो,” उहाँले थप्नुभयो । भारतमा अहिलेसम्म १५ हजारदेखि १७ हजार बिरामीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र अहिलेसम्म भारतमा ३४१ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको आइसीएमआर महानिर्देशकले बताउनुभयो। भारतमा एक दिनमा १० हजार व्यक्तिमा सङ्क्रमण परीक्षण गर्ने क्षमता रहेको र एक सातामा ५० देखि ७० हजार व्यक्तिको सङ्क्रमण परीक्षण गर्न सकिने दाबी पनि उक्त अवसरमा गर्नुभयो । कोभिड–१९को सङ्क्रमणको रोकथाम र नियन्त्रणको सबैभन्दा राम्रो उपाय हरेक सङ्क्रमित व्यक्ति र सङ्क्रमित नभएको व्यक्ति पनि सकेसम्म एक्लै बस्ने भएको उहाँले बताउनुभयो । कोभिड–१९ भाइरस हावामा नरहने तर व्यक्तिगत सम्पर्क वा साना साना पानी वा पसिनाका कणबाट सर्ने उहाँले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!