१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

कोरोना भाईरस चिसोबाट आउने गर्मीबाट हराउने:

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

भारती चिकित्सा झण्डै ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए पनि उनीहरू आँफै निको हुनसक्ने भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) का महानिर्देशक बलराम भार्गवले आइतबार बताउनुभएको छ । भार्गवले सार्वजनिक वृत्तबाट स्वास्थ्य क्षेत्रमा गरिएको आलोचनाबारे सम्बोधन गर्दै भन्नुभयो, “बिरामीको अवस्था बुझ्नु जरूरी छ। कोरोना भाइरस सङ्क्रमणका सामान्य बिरामी ८० प्रतिशतभन्दा बढी हुने र चिसोका कारण आउने यस्तो ज्वरो आँफै निको हुनसक्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण २० प्रतिशत बिरामीमा रूघा, खोकी, ज्वरोका जटिल समस्या देखिने र तिनीहरूको उपचार अस्पतालमा भर्ना भएर गर्नुपर्ने हुन्छ ।” “अस्पतालमा भर्ना हुने करिब पाँच प्रतिशत कोरोना सङ्क्रमित विरामीलाई मात्र रोग प्रतिरोधका लागि उपचार दिइने र कतिपय बिरामीलाई मात्र नयाँ प्रकारका औषधिको संयोजन मिलाएर उपचार गरिने हो,” उहाँले थप्नुभयो । भारतमा अहिलेसम्म १५ हजारदेखि १७ हजार बिरामीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र अहिलेसम्म भारतमा ३४१ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको आइसीएमआर महानिर्देशकले बताउनुभयो। भारतमा एक दिनमा १० हजार व्यक्तिमा सङ्क्रमण परीक्षण गर्ने क्षमता रहेको र एक सातामा ५० देखि ७० हजार व्यक्तिको सङ्क्रमण परीक्षण गर्न सकिने दाबी पनि उक्त अवसरमा गर्नुभयो । कोभिड–१९को सङ्क्रमणको रोकथाम र नियन्त्रणको सबैभन्दा राम्रो उपाय हरेक सङ्क्रमित व्यक्ति र सङ्क्रमित नभएको व्यक्ति पनि सकेसम्म एक्लै बस्ने भएको उहाँले बताउनुभयो । कोभिड–१९ भाइरस हावामा नरहने तर व्यक्तिगत सम्पर्क वा साना साना पानी वा पसिनाका कणबाट सर्ने उहाँले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् । सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र […]

बाँकेमा एकजना असइले तस्करसंग केटी मिलाई दे भनेको अडियो रेकर्ड एबिसी संचार भन्डाफोर टिमलाई प्राप्त..

चीन घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ । उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ। चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा  ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ। यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म दिनेछ। चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा […]

error: Content is protected !!