२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

जनता कर्फ्युलाई अटेरी गरि जथाभावी हिने पक्राउ गर्छाै निरिक्षक: सारू

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

(बिदुर एमसी)
भालुवाङ चैत ११ इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगा सारूमगरले नेपाल सरकारले जारी गरेको नेपाल लकडाउनको उल्लघन गरेर जथाभावी हिडडुल गरे पक्राउ गर्ने बताएका छन् । उनले अतिअावश्यक काममा हिडेका,विरामीहरूलाई छुट भएपनि जथाभावी हिडडुल गरेर सरकारको निर्देशन बमोजिम पक्राउ गरि कडा कारवाही गरिने बताएका छन् ।
कोरोना भाइरसबाट बच्न र बचाउन सरकारले मंगलबार विहान ६ बजे देखि चैत्र १८ गते विहान ६ सम्म देशलाई लकडाउन गरेपछि भालुवाङ प्रहरीले सुरक्षा व्यवस्थालाई थप बजबुद बनाएको छ । प्रहरी निरिक्षक सारूका अनुसार भालुवाङ प्रहरीले प्युठान रोड,राप्ती पुल,लालमटिया,मसुरीया,माैरीघाट र सिसहनियाँ बजार क्षेत्रमा गरी करिव ५० जना नेपाल प्रहरी परिचालन गरेको बताए । साथै राप्ती गाउँपालिका क्षेत्रमा कोरोना सचेतना संदेश माइकिङ समेत गरिएको प्रहरी निरिक्षक सारूले बताएका छन् ।
त्यस्तै सिसहनियाँ प्रहरीले पनि सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । प्रहरी चाैकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले अटेरी गरि पसल खोल्ने,अत्यावश्यक गाडी बाहेक अन्य गाडी चलाउनेलाई नियन्त्रणमा लिने बताएका छन् । यता सर्वधारणले भने लकडाउनको उंलघन गरि हिडिरेको देख्न सकिन्छ भने निजी गाडी,अटो र मोटरसाइकल समेत लकडाउनको उलंघन गरेर चलाइरहेको देखिएको छ । भने बजार क्षेत्र भने अत्यावश्यक वाहेक सवै पसल पुर्णरूपमा बन्द भएका छन् । बजार बन्द भएपछि बजार क्षेत्र सुनसान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

  काठमाडौं । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न […]

error: Content is protected !!