०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

मोटरसाइकलमा लागुऔषध राखेको आरोप बारे सशस्त्र प्रहरीको स्पष्टीकरण भुइँमा खसेको पोका टिपेर राखिएको हो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक ०८, २०८३

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ।

भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्।

उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट मोटरसाइकल र लागुऔषध बरामद गरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा प्रदेश १–०२–०४७ प १४७२ नम्बरको मोटरसाइकल पछ्याएको थापाले बताएका छन्।

उनका अनुसार नहर चोकबाट करिब ५० मिटर उत्तरपूर्वमा उक्त मोटरसाइकल पार्क गरिएको अवस्थामा भेटिएको थियो।

चालक नभेटिएपछि टोलीले मोटरसाइकललाई करिब १५–२० मिटर दक्षिणतर्फ, पूर्व–पश्चिम राजमार्गतिर निकालेर जाँच गरेको सशस्त्रको भनाइ छ।
सुनसरीमा लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ।

भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्।

उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट मोटरसाइकल र लागुऔषध बरामद गरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा प्रदेश १–०२–०४७ प १४७२ नम्बरको मोटरसाइकल पछ्याएको थापाले बताएका छन्।

उनका अनुसार नहर चोकबाट करिब ५० मिटर उत्तरपूर्वमा उक्त मोटरसाइकल पार्क गरिएको अवस्थामा भेटिएको थियो।

चालक नभेटिएपछि टोलीले मोटरसाइकललाई करिब १५–२० मिटर दक्षिणतर्फ, पूर्व–पश्चिम राजमार्गतिर निकालेर जाँच गरेको सशस्त्रको भनाइ छ।

जाँच क्रममा करिब ५०–५५ जना स्थानीय भेला भएर सुरक्षाकर्मीको काममा अवरोध गरेको थापाले आरोप लगाएका छन्। उनका अनुसार त्यस क्रममा केही व्यक्तिले लागूऔषध खोस्न र प्रमाण नष्ट गर्न खोजेका थिए।

त्यही बेला कालो प्लास्टिकमा रहेको लागुऔषध भुइँमा खसेको र सुरक्षाकर्मीले टिपेर मोटरसाइकलको पहिलेकै स्थानमा राखेको उनको भनाइ छ।

उक्त दृश्यलाई सुरक्षाकर्मीले नै लागुऔषध राखेर फसाउन खोजेको भन्ने अर्थमा प्रचार गरिएको सशस्त्रले दाबी गरेको छ।

मोटरसाइकल जाँच गर्दा नाइट्राभेट ट्याब्लेट १० पत्ता, ट्रामाडोल १६ पत्ता र अन्य लागू पदार्थ चार थान भेटिएको थापाले जनाएका छन्।

बरामद मोटरसाइकल र लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्रले लागुऔषध तथा तस्करी नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने उद्देश्यले घटनाको अतिरञ्जित प्रचार भएको दाबीसमेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]