१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

कोरोना रोक्न काठमाडौं महानगरले उपत्यकामा औषधि छर्किदैं

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म छर्कने कामलाई शहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको बताउनुभयो । सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले उक्त कार्य शुरु गरेको हो । कामपा, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ। मानिसको भीडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री शहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा पहिलो दिन (कीटनाशक) औषधी छर्कने कामको शुरुआत भएको थियो । कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने सापकोटाले बताउनुभयो। प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताउनुभयो। यससँगै कामपाले ब्रुमरबाट सडक सफा गर्ने काम पनि निरन्तर रुपमा गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!