०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

लकडाउनमा कालोबजारी गर्ने ३ जना प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

जनकपुरधाम कोरोना भाइरसको सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापि ‘लकडाउन’ जारी भएको मौका छोपि यहाँ आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएका प्रहरी टोलीले जनकपुरधामको विभिन्न स्थानबाट कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ कदम चोकका ४८ वर्षीय प्रदीप अग्रवाल , वडा नं. ४ महावीर चोकका २० वर्षीय अंकित साह र वडा नं ४ महावीर चोकका विकासकुमार साह रहेका प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने व्यापारीले आलु प्रतिकेजी रू. ५० र प्याज प्रतिकेजी रू १०० मा बिक्री गरिरहेको जनाइएको छ । पक्राउ गरिएकाको थप अनुसन्धान जारी रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]