२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

ध्वनि खबरले नेपालगन्जको वडा न. २.४.१०.१२.१३. नेपाली सेनाहरुमा सर्जिकल माक्स हस्तान्तरण

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

सागर थापा
बाँके बिश्वमा कोरोनाको त्रास फैलिएको छ । बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज फेरि नेपालगन्जमा समाजिक कार्य गरेको छ ।
कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जको आम जनता र नेपालगन्ज क्याम्पसको कोरेनटाइनमा खटिएका सेनालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । आज ७०० जति पि नेपाली सेना, प्रहरी, र आम जनतामा सर्जिकल माक्स हस्तान्तरण गरिएको हो ।
नेपालगन्जमा आज वडा न. २,४,१०,१२ र १३ का गरिब जनता, राजमार्गमा खिटएका प्रहरी, नेपाली सेना क्याप्टेन बिकास पुनलाई १०० थान माक्स, सर्जिकल क्याप,सर्जिकल पन्जा हस्तान्तरण गरेको ध्वनि खबर टिभिको सम्पादक उदय सिंह श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनले सो स्थितिलाई मध्यनजर गर्दै काठमाडौं बाट नेपालगन्ज सम्म सुरक्षाकर्मी हरुलाई कोरोना बाट बच्ने उपायको सीप दिदै, सुरक्षाकर्मीहरुलाई माक्स हस्तान्तरण गर्दै आएको उहाँले बताउनु भयो । सम्पादकले दिएको जानकारी अनुसार उहाँले आज नेपालगन्जमा ७०० थान माक्स निशुल्क रुपमा सुरक्षाकर्मी र आम जनताहरुलाई दिनुभएको हो ।
सम्पादक श्रेष्ठले गरिब जनतालाई माक्स वितरण कार्य जारी राख्ने बताउनुको साथै मुलुक अहिले संकटको अवस्थामा भएको बेला सक्नेले आफ्नो दायित्व सम्झेर माक्स, सेनिटाइजर वितरण गर्न गराउन सबैलाई अपिल पनि गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!