२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ध्वनि खबरले नेपालगन्जको वडा न. २.४.१०.१२.१३. नेपाली सेनाहरुमा सर्जिकल माक्स हस्तान्तरण

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

सागर थापा
बाँके बिश्वमा कोरोनाको त्रास फैलिएको छ । बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज फेरि नेपालगन्जमा समाजिक कार्य गरेको छ ।
कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जको आम जनता र नेपालगन्ज क्याम्पसको कोरेनटाइनमा खटिएका सेनालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । आज ७०० जति पि नेपाली सेना, प्रहरी, र आम जनतामा सर्जिकल माक्स हस्तान्तरण गरिएको हो ।
नेपालगन्जमा आज वडा न. २,४,१०,१२ र १३ का गरिब जनता, राजमार्गमा खिटएका प्रहरी, नेपाली सेना क्याप्टेन बिकास पुनलाई १०० थान माक्स, सर्जिकल क्याप,सर्जिकल पन्जा हस्तान्तरण गरेको ध्वनि खबर टिभिको सम्पादक उदय सिंह श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनले सो स्थितिलाई मध्यनजर गर्दै काठमाडौं बाट नेपालगन्ज सम्म सुरक्षाकर्मी हरुलाई कोरोना बाट बच्ने उपायको सीप दिदै, सुरक्षाकर्मीहरुलाई माक्स हस्तान्तरण गर्दै आएको उहाँले बताउनु भयो । सम्पादकले दिएको जानकारी अनुसार उहाँले आज नेपालगन्जमा ७०० थान माक्स निशुल्क रुपमा सुरक्षाकर्मी र आम जनताहरुलाई दिनुभएको हो ।
सम्पादक श्रेष्ठले गरिब जनतालाई माक्स वितरण कार्य जारी राख्ने बताउनुको साथै मुलुक अहिले संकटको अवस्थामा भएको बेला सक्नेले आफ्नो दायित्व सम्झेर माक्स, सेनिटाइजर वितरण गर्न गराउन सबैलाई अपिल पनि गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!