२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

केसर बिशवकर्मा(आफन्त नेपाल कपिलवस्तु जिल्ला संयोजक)
कुनै पनि देश महामारीको चपेटामा पर्नु राम्रो त होइन तर हामिले देखिरहेका छौ कयौ बिकसित देश आज रोइरहेको छ स्थिति नियन्त्रण बाहिर गएको छ । परिवारको सदश्यले मृत्युबरण गर्दै गर्दा हेरेर बस्नु पर्ने बाध्यता छ । अझ भन्नू पर्दा मृतक शरीर उठाउन सक्ने अबस्था छैन । सायद कल्पना गर्न सकिँदैन तर बिकसित सन्चार माध्यम बाट हेर्दै गर्दा आफ्नो परिवारको सदश्य मृत्यु भैरहदा हार गुहार,चिच्यावट र आँसु कसैले सुन्न सक्ने अबस्था छैन त्यो परिदृश्यले हामिलाई पाठ मात्र होइन प्रशस्त सुरक्षीत हुने मौका र समय पाएका छौ ।
दुख र कष्टमा अनेकौ समस्यहरु त अबस्य झेल्न्नु पर्दछ अझ हाम्रो देशको जीवन शैली र जिबनयापनलाई हेर्ने हो भने त कयौं परिवारमा चुलो बल्न धौधौ होला,कयौं बालबच्चा भोकभोकै बस्नु पर्ने अबस्था पनि आउला,दैनिक मजदुरी गरेर जीवन चलाउने परिवार लाखौं छन जुन यो परिस्थितिमा सम्भब छैन मजदुरी गर्न यसका लागि भोकमरिको त्यो खाडललाई पनि राज्यले त्यतिकै गम्भीरतापुर्ण हेर्नू पर्दछ ।
विशेष केही दिन देखिको लकडाउन र जनस्तरमा परेको एक किसिमको पिडा अत्यन्त दुख दायी छ तर समय र महामारिको चपेटामा गुज्रिएका देशहरुको अबस्था हेर्दा महिनौ सम्म लकडाउन गर्नु पर्ने देखिन्छ त्यो पनि पुर्ण रुपमा संकटकाल नै लगाएर । अहिले नियन्त्रण भन्दा बाहिर गएका देशहरु पनि एक दुई हुँदै यो अबस्था मा पुगेका हुन स्वास्थ्य क्षेत्रमा अब्बल रहेका देशहरु पनि नराम्रो सङ्ग चुक्यो सायद त्यहाँ राज्य र जनताको कहि न कहि कमजोरी भएरै हो । हामीले प्रसस्त समय पाएकै हो अझै समय छ त्यो कहाली लाग्दो परिबेश र कहालीलाग्दो घटनाहरु बाट जोगिने । सायद हामी भाग्यमानी देशका नागरिकहरु पनि हौँ सयौं देशले महामारी बेहोरिरहनु पर्दा हामिलाई पुर्ब तयारी को समय प्रसस्त पाएका थियौ तर यो हुँदा हुँदै पनि आजको दिन सम्म पाचौं संक्रमण पुष्टि भैसकेको छ त्यही पनि प्राय बाहिर बाट आउनेहरुमा मात्र उहाँहरुको पुर्न स्वास्थ्यलाभको कामना गरौ ।अन्य देशमा जस्तो स्थिति बढ्दै गयो भने स्वास्थ्य क्षेत्रमा कमजोर हाम्रो देशको अबस्था कस्तो होला कल्पना गर्न सकिदैन भोलि हामी पनि त्यही देसको अबस्थामा पुग्नेछौ जुन हाम्रो आँसु र रुवाई कसैले देख्ने छैन । सरकारले गरेका निर्णयलाई सबै नागरिकले आ-आफ्नो ठाउबाट पुर्ण सहयोग गरौं सरसफाईलाई ध्यान दिउ र सबैले कामना गरौं मेरो सुन्दर देश भोलि लासै लासको शहर नबनोस सबै प्रतिबद्ध भै लकडाउनलाई सफल पारौ र पहिलो चरणमा नै यो महामारीलाई निर्मुल पार्न सकौ । मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!