बाँके । नेपालगन्ज हरेक वर्ष लाग्ने यस मेलामा टाढा टाढाबाट हजारौं श्रद्धालु भक्तजनहरू सहभागी हुने गर्दछन्। मेलामा स्नान, पूजाआजा तथा धार्मिक अनुष्ठानसँगै स्थानीय व्यापार, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनका स्टलहरूले विशेष रौनक थपेको छ।
मेलालाई व्यवस्थित र सुरक्षित बनाउन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। चोरी, ठगी र अवाञ्छित गतिविधि रोक्न सादा पोशाकसहितको प्रहरी परिचालन गरिएको जनाइएको छ।
स्थानीय बासिन्दा तथा भक्तजनहरूलाई अनुशासित भई मेलाको आनन्द लिन आग्रह गरिएको छ।