२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

कोरोना कोषमा प्रहरी नायब निरिक्षक न्यौपानेले १ लाख २० हजार सहयोग

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

(सागर थापा)
काठमाडौं विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा प्रहरी नायब निरिक्षक सन्तोष न्यौपानेले १ लाख २० हजार सहयोग गरेका छन् ।
सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकाले खाेलेकाे राहत काेषमा न्यौपानेले अमेरिकन डलर १००० (USD) अर्थात् नेपाली रुपैयाँ १ लाख बिस हजार सहयाेग गरेका हुन् ।
नेपाल प्रहरीमा आबद्द भइ हाल संयुक्त राष्ट्र संघ युएनमा रहेर संयुक्त राष्ट्र संघ अन्र्तगत कँगाे मिसनमा रहँदा राष्ट्रको लागि केहि गर्ने सोचले
आफुलाई जन्मदिने बुवा सम्झदै भूतपूर्व प्रहरी नायब निरिक्षक स्व. विदूर प्रसाद न्यौपानेकाे नाममा उक्त रकम दिएकाे जनाएका छन् ।
उनले फेसबुकमा लेख्दै बुवा हाम्राे साथमा नभएपनि मेराे मन मस्तिष्क छन् भन्दै म विदेश भएपनि मेराे मित्र प्रहरी निरीक्षक अम्रित बस्नेत मार्फत उक्त रकम सरकारी कोषमा जम्मा गरेको भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!