०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

बहादुरी होइन बुद्धि र विवेक प्रयोग गर्न निर्देशन प्रधानसेनापति :थापा

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका छन् ।
प्रधानसेनापति थापाको दश बुँदे निर्देशनमा भनिएको छ, “सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वाेच्च सेवाभाव देखाउनुहोस् ।”
आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्यस्त हुन्छन् भन्दै प्रधानसेनापति थापाले बिरामीले पनि निको भएको अनुभव गर्ने हुनाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।
प्रधानसेनापतिले भनेका छन्, “आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस् । ”
सङ्कटको अहिलेको घडीमा संयम् र धैर्यता देखाउन निर्देशन दिँदै उनले कठिन समय केही समयको लागि मात्रै हो भन्ने सदैव ख्याल राख्न सुझाव दिएका छन् ।
प्रधानसेनापतिले भनेका छन्, “सबै नागरिकप्रति सदैव आदरभाव देखाउनुस्, आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने स्वास्थ्यकर्मीलाई उच्च सम्मान गर्नुस् ।”
सहकर्मीप्रति सदैव सहयोगी भावना राख्न, सैनिक सेवाको मर्यादा र धर्म बुझेर काम गर्न निर्देशन दिँदै उनले बिसञ्चो भएमा घर ब्यारेकमा नै बस्न, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आफूलाई आइसोलेसनमा राख्न सल्लाह दिएका छन् ।
प्रधानसेनापति थापाले आफूलाई सुरक्षित राख्न व्यक्तिगत सरसफाइ उच्चस्तरमा राखी अरुसँग सदैव १.५ मिटर भन्दा बढी शारीरिक दूरी कायम गर्न सुझाव दिएका छन् । प्रधानसेनापतिले भनेका छन्, “सङ्कटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोखाउनुहोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]