०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

प्रहरीलाई ढुङ्गामुढा गर्ने पक्राउ…

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

मकवानपुर प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी मिलनटोल बस्ने २० वर्षीय रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-१३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झैझगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि बा।९३ प ६०१४ नम्बरको स्कुटर सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै सम्झाई बुझाई गर्दा समेत स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले हवाई फायर समेत गरी स्थिति नियन्त्रणमा लिएको थियो । ढुङ्गामुढाले लागेर ईलाका प्रहरी कार्यालय पशुपतिनगरको बा।१ झ ७५२७ नम्बरको गाडीको झ्यालको सिसा र पछाडिको सिसा फुटेको छ ।
झगडामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]