१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

घोराही २ का वडा सचीव आचार्य घरबेटीले कोरोनाको डरले कोठाबाट निकाले : नर्सलाई

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

दाङ चैत्र १८ घोराही २ का वडा कार्यालयका सचिव घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरि बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ। घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन्।
खड्काका घरबेटी घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्य हुन्। स्टाफ नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरि बस्दै आएकी थिइन्। गत १५ गते डेराबाट निकालिएकी नर्स खड्का अहिले घोराहीस्थित एक होटेलमा बस्दै आएकी छिन्।
‘तिम्रो कारण कोरोना संक्रमण हुने खतरा भयो भनेर उहाँहरुले मलाई भन्नु भयो,’ उनले भनिन् ‘मैले आँफू सुरक्षित रहेर काम गरिरहेकाले कुनै डर नहुने भन्दै सम्झाएँ , तर पनि मान्नु भएन।’ अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले खड्काका कारण आँफूहरु असुरक्षित रहने भन्दै घरबेटीले कोठा छोड्न दबाब दिएका थिए। ‘कित अस्पताल नजाउ, कि भने तिम्रा लागि सधैँका लागि गेट बन्द हुन्छ भन्नु भयो,’ उनले भनिन् ‘अस्पतालले बिदा दिने कुरै भएन, अनि कोठा छोड्न बाध्य भएँ।’
यता घरबेटी आचार्यले भने आँफूले पेशासंग जोडेर कोठा छाड्न नभनेको वताए। खड्का लगाएत कोठामा तीनजना बस्दै आएको र कोठा सानो भएकाले अर्को कोठाको व्यवस्थापन गर्न भनेको आचार्यले वताए। ‘मैले पेशासंग जोडेर कोठा छोड्न भनेको हैन,सानो कोठा भयो अर्को कोठाको व्यवस्थापन गर्नु भनेर भनेको हुँ,’ उनले भने ‘म सरकारी मान्छे त्यसरी भन्ने कुरै भएन।’
नर्स खड्काका अनुसार उक्त कोठामा खड्काकी एकजना साथी र ति साथीका दाजु बस्दै आएका थिए। सुरुमा उक्त कोठामा खड्काकी साथी बस्दै आएकी थिइन्। उनै साथीले घरबेटीसंग सल्लाह गरेर खड्कालाई पनि आफ्नो कोठामा बस्न भनेपछि खड्का गत मंसिरमा त्यहाँ गएकी थिइन्। ‘उहाँले कोठा सानो भएको भनेर भन्नु भएको हैन,मैले बेकारमा उहाँलाई आरोप लगाउने कुरै भएन नि,’खड्काले भनिन् ‘कोरोनाको संक्रमणको त्रास फैलन सुरु भएदेखि उहाँहरुले अस्पताल तिरै बस्ने व्यवस्था मिलाउन भनेर भन्दै आउनु भएको थियो, तर हामीहरु त्यहिँ बसिरहेपछि कोठा छोडन्ै पर्ने भनेर दबाब दिनु भएको हो।’
खड्काकी साथी पनि घोराहीकै एक मेडिकलहलमा काम गर्छिन्। उनि भने मेडिकल हल बन्द भएपछि अहिले रोल्पास्थित घर गएकी छिन्।
यसैविच प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कोरोनाको सन्त्रासका बेलामा कोहि कसैले पनि डेरबाट निस्काशन गर्नु राम्रो नभएको भन्दै यसबिषयमा अनुसन्धान थालिने वताएका छन्। ‘यो पाच्य काम हैन, यस बिषयमा म बृुझ्छु’ प्रमुख जिल्ला अधिकारी रिजालले भने। नागरिक दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

दाङ । मानव समाजको विकाससँगै सामाजिक सेवाको अवधारणा पनि विकसित हुँदै आएको छ। मानिस केवल आफ्ना लागि मात्र होइन, समाजका अन्य सदस्यहरूको हितका लागि पनि जिम्मेवार हुन्छ भन्ने भावना नै सामाजिक सेवाको आधार हो। समाजमा रहेका असहाय, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न कारणले पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न गरिने निःस्वार्थ कार्यलाई सामाजिक […]

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

error: Content is protected !!