दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी नियन्त्रण जस्ता काम समेटिएको थियो
अन्तरक्रियामा पत्रकारहरूले उठाएका जिज्ञासा, गुनासो र सुझावलाई डीएसपी के.सी.ले प्रत्यक्ष सम्बोधन गर्नुभयो। पारदर्शिता र जनसरोकारका मुद्दामा छलफल गर्दै ।
प्रहरीको कामलाई जनतासम्म पुर्याउन र मिडियामार्फत फिडब्याक लिन यो नियमित अभ्यास हो। “प्रहरी जनताको हो, जनताबाटै मूल्यांकन हुनुपर्छ” भन्ने मान्यताले यस्ता कार्यक्रम गरिन्छ। दाङमा लागुऔषध, घरेलु हिंसा, सडक दुर्घटना जस्ता मुद्दा संवेदनशील भएकाले प्रहरी-मिडिया समन्वय जरुरी छ।