२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

सगरमाथा डेन्टलले स्वास्थकर्मी र सुरक्षाकर्मीलाई गाँसबासको ब्यबस्था गर्ने

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(सागर थापा)
दाङको घोराहीमा रहेको सगरमाथा डेन्टल क्लिनिक घोराहीले लक डाउन अबधिभर स्वास्थकर्मी र सुरक्षाकर्मीहरुलाई सगरमाथा डेन्टल क्लिनिकको भवनमै ४ वटा कोठामै गाँस र बासको व्यवस्था मिलाएको छ । विगत ११ बर्ष देखि सेवा दाङको घोराहीमा सञ्चालमा रहेको सगरमाथा डेन्टलले विश्व्यापी रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउँनका लागि दिनरात नभनेर नागरिकहरुको उपचारमा सुरक्षामा खटिने स्वास्थ्यकर्मी एवंम सुरक्षाकर्मीहरुको जोखिमको अवस्थालाई मध्यनजर गर्दै खान र बस्नको व्यवस्था मिलाएको सगरमाथा डेन्टलका संचालक ईश्वर पौडेलले बताए ।
साथै दाङमा केही स्वास्थ कर्मीहरुलाई घर बेटीले निकाले पछी मानवीय हराएको भन्दै स्वास्थकर्मी र सुरक्षाकर्मी जनताको लागि ज्यान जोखिममा हालेर दिनरात नभनेर कामको कुनै कदर न हुँदा यो अभियान चलाएको र
बिदेशबाट आउने व्यक्तिहरुको आ–आफनो टोल छिमेकीमा खोजी गरि उनीहरुको स्वास्थ्य अवस्था अनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो रुघाखोकी लागेमा तत्काल नजिकको अस्पतालमा कार्यरत चिकित्सक हरुलाई सम्पर्क गरी स्वास्थ्य परामर्श लागि आग्रह गरेको सगरमाथा क्लिनिकका संचालक पौडेलले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]