२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

पत्रकारलाई राहत प्याकेज दिन कांग्रेस सभापति:देउवाको माग

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

काठमाडौं चैत्र १९ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लक डाउन’ का बेला काम गर्ने पत्रकारलाई अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गर्नुभएको छ ।
सभापति देउवाले एक विज्ञप्ति जारी गर्नुहुँदै ‘लक डाउन’ ले व्यवसायर्मा परेको प्रत्यक्ष असरका कारण विज्ञापनको क्षेत्रलाई सोझै आघात पु-याएको बताउनुभएको छ । त्यसको असर सोझै सञ्चार गृहहरुमा परेको भन्दै सभापति देउवाले राज्यको चौथो अंगलाई सम्बोधन हुने गरी अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गर्नुभएको हो ।
सभापति देउवाले समाचार संकलनमा कार्यरत श्रमजीवी पत्रकारको हकमा सरकारले अलग्गै सुरक्षा र राहत सहितको योजनाको निर्माण गर्न पनि आग्रह गर्नुभएको छ । त्यसैगरी सञ्चारगृहहरुलाई समाचार संकलनका लागि निर्वाद आवतजावतको व्यवस्था गर्न उहाँले सम्बन्धित निकायसँग आग्रहसमेत गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!