१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

दाङको गडवामा एक युवतीको रहस्यमय मृत्यु प्रहरीको अनुसन्धान जारी

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

(बिदुर एमसी) दाङको गडवा देउखुरीमा एक किशोरीको मंगलबार विहान रहस्यमय मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ वनघुस्री निवासी संदिप रानाकी श्रीमती १८ वर्षिय सपना श्रेष्ठले अाफ्नै घरको कोठामा सलले पासो लगाएर अात्महत्या गरेको देखिए पनि माइतीपक्षले ज्वाईले मारेर झुण्डाएको अारोप लगाएका छन् । गत फागुन ५ गते उनीहरूको प्रेम विवाह भएको थियो । मंगलबार बिहान ११ बजेको समयमा किशोरीको अाफ्नै सुत्ने कोठामा रहस्यमय तरिकाले मृत्यु भएको बताइएको छ । मृतक किशोरीका श्रीमानले भने अाफुले केही पनि नगरेको बताएका छन् । भने किशोरीका माइती पक्षले ज्वाईले छोरीलाई पिट्ने,गाली गर्दै अाएको र लागु अाैषध सेवन गर्ने गरेका कारण पनि मारेर झुन्डिएको अारोप लगाएका छन् । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भरत सिंह राठोरका अनुसार मृतक किशोरीको शारीरिक अवस्था र प्रकृति हेर्दा अात्महत्या गरेको हुन सक्ने बताएको छ । तर वास्तविक घटना विवरण भने पोष्टमार्टम भएर मेडिकल रिपोर्ट नअाउदा सम्म केही भन्न नसकिने बताएको छ । माइती परिवारले संदिप विरूद्व किटानी जाहेरी दिने बताएका छन् सन्दीप माथि थप अनुसन्धान हुने र मृतक किशोरीको लमही अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक राठोरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]