२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

विदेशबाट आएकाहरुको घरमा रातो चिन्ह लगाउने तयारी

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ। गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको हो। कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिने त्रासले सावधानी अपनाउँदै बाहिरबाट आएका व्यक्तिको पहिचान गरी उनीहरको घरमा रातो चिन्ह लगाउने कार्य गरिएको विजयनगर गाँउलिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए।
भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले बाहिरबाट आएका ५ सय जनाको पहिचान भइसकेको र उनीहरुको घर पहिचानका लागि अहिले सम्म ३ सय घरमा रातो चिन्ह राखिएको गाउँपालिका अध्यक्ष थापाले बताए। उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ। विजयनगर गाँउपालिकाको वडा नं १ मा ५२ जना, २ मा ६० र ३ मा ५१ जनाको घरमा रातो चिन्ह लगाइ सकिएको छ भने वडा नंं। ४ मा ५९, ५ मा ७४, ६ मा ३७ र ७ मा ९५ जनाको घरमा रातो चिन्ह लगाउने कार्य जारी रहेको बताइएको छ।
गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेपछि यो अभियान चालेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए। रातो चिन्ह राखिएको घरको पहिचान हुनुका साथै सङ्क्रमणबाट सचेत पनि हुने र तथ्याङ्क सङ्कलनमा सहज हुने उनले बताए। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]