२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी नेपाली सेनालाई

Logo
प्रकाशित शुक्रबार, चैत्र २१, २०७६

नेपाल सरकारले कोभिड–१९ सँग लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । यो निर्णय उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समिति बैठकले मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयलाई आधार बनाउँदै गरेको हो ।
सरकारले निजी कम्पनी ओम्नीमार्फत चीनबाट ल्याएको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको टिप्पणी आएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।
सरकारले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक औषधि, उपकरण तथा अन्य सामग्री रक्षा मन्त्रालयसँग समन्वय गरी नेपाली सेनामार्फत जी टु जी प्रक्रियाबाट खरिद गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको जानकारी दिए । नागरिक दैनिकबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!