११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

नेकपा महराजगंजद्धारा दलगत राहत वितरण प्रति अपत्ति

Logo
प्रकाशित शुक्रबार, चैत्र २१, २०७६

कपिलवस्तु । २१ चैत्र कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. ७ कुशहवामा भएको राहत वितरण दलगत व्यक्तिहरुलाई मत्रै दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगर कमिटि अध्यक्ष विजय प्रकाश जैसवालले एक विज्ञाप्ती जारी गर्दै दैनिक ज्यालादारीमा काम गरि जिविको पार्जन गर्दै आएका गरिव, असहाय, मजदुर, होटल, पसल, कारखानामा तथा इटा भट्टामा काम गर्ने श्रमिकलाई राहत दिनु पर्ने ठाँउमा दलगतलाई दिएको अरोप लगाईएको छ । संघिय सरकारले जारी गरेको राहत सम्बन्धी मापदण्ड २०७६ देश भरीमा राहात वितरण गर्न निर्देशन गरिएता पनि महाराजगंज नगरपालिकाले सो मापदण्डको दफा ३ बमोजिमका व्याक्तीहरूलाई दफा ५ बमोजिम राहात सामाग्री उपलब्ध गराउनु पर्ने र राहात पाउने व्याक्तिहरुको विवरण ३ दिन अगावै सार्बजनिक गर्नु पर्ने स्पष्ट व्यवस्था हुंदा हुदै पनि त्यसको विपरीत कार्य गरेको बताईएको छ । वार्ड नं. ७ मा राहात सामाग्री वितरण गर्दा सो गाउँमा स्थायी बसोबास गर्ने लक्षित बर्ग तथा बुद्धिजिवी समाजसेवीहरूले वडाले मापदण्ड विपरित राजनैतिक दलगत भावनाबाट प्रेरित भइ राहात सामाग्री वितरण भएको भन्दै बिरोध गरेका छन् । स्थानीय सरकार संघीय सरकारको निर्देशन अुनसार दलगत भावना भन्दा माथि उठी वास्तविक राहात पाउन योग्हरुलाई राहत दिनु सट्टा आफ्ना कार्यकर्ताहरुलाई राहात वितरणको गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण विज्ञाप्तीमा उल्लेख छ । साथै महाराजगंज नगरपालिका भित्र बनाईएका क्वारेन्टाइनहरू मापदण्ड अनुसार नभइ अवश्यक सेवाहरू समेत उपलब्ध नगराइएकोले राहात तथा क्वारेन्टाइन व्यवस्थापन वापत प्रति वडा रू ५ लाख ५० हजार समेत दुरूपयोग हुने सम्भावना देखिएकोले त्यस प्रकृयाको समेत भत्र्सना गर्दै मापदण्ड कार्यविधी अनुसार राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा सम्बन्धित सरोकारवालाको ध्यान दिना विज्ञप्ती जारी गरिएको जैसवालले बताएका छन!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

error: Content is protected !!