२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

नेकपा महराजगंजद्धारा दलगत राहत वितरण प्रति अपत्ति

Logo
प्रकाशित शुक्रबार, चैत्र २१, २०७६

कपिलवस्तु । २१ चैत्र कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. ७ कुशहवामा भएको राहत वितरण दलगत व्यक्तिहरुलाई मत्रै दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगर कमिटि अध्यक्ष विजय प्रकाश जैसवालले एक विज्ञाप्ती जारी गर्दै दैनिक ज्यालादारीमा काम गरि जिविको पार्जन गर्दै आएका गरिव, असहाय, मजदुर, होटल, पसल, कारखानामा तथा इटा भट्टामा काम गर्ने श्रमिकलाई राहत दिनु पर्ने ठाँउमा दलगतलाई दिएको अरोप लगाईएको छ । संघिय सरकारले जारी गरेको राहत सम्बन्धी मापदण्ड २०७६ देश भरीमा राहात वितरण गर्न निर्देशन गरिएता पनि महाराजगंज नगरपालिकाले सो मापदण्डको दफा ३ बमोजिमका व्याक्तीहरूलाई दफा ५ बमोजिम राहात सामाग्री उपलब्ध गराउनु पर्ने र राहात पाउने व्याक्तिहरुको विवरण ३ दिन अगावै सार्बजनिक गर्नु पर्ने स्पष्ट व्यवस्था हुंदा हुदै पनि त्यसको विपरीत कार्य गरेको बताईएको छ । वार्ड नं. ७ मा राहात सामाग्री वितरण गर्दा सो गाउँमा स्थायी बसोबास गर्ने लक्षित बर्ग तथा बुद्धिजिवी समाजसेवीहरूले वडाले मापदण्ड विपरित राजनैतिक दलगत भावनाबाट प्रेरित भइ राहात सामाग्री वितरण भएको भन्दै बिरोध गरेका छन् । स्थानीय सरकार संघीय सरकारको निर्देशन अुनसार दलगत भावना भन्दा माथि उठी वास्तविक राहात पाउन योग्हरुलाई राहत दिनु सट्टा आफ्ना कार्यकर्ताहरुलाई राहात वितरणको गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी महाराजगंज नगर कमिटिको गम्भिर ध्यानाकर्षण विज्ञाप्तीमा उल्लेख छ । साथै महाराजगंज नगरपालिका भित्र बनाईएका क्वारेन्टाइनहरू मापदण्ड अनुसार नभइ अवश्यक सेवाहरू समेत उपलब्ध नगराइएकोले राहात तथा क्वारेन्टाइन व्यवस्थापन वापत प्रति वडा रू ५ लाख ५० हजार समेत दुरूपयोग हुने सम्भावना देखिएकोले त्यस प्रकृयाको समेत भत्र्सना गर्दै मापदण्ड कार्यविधी अनुसार राहत वितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा सम्बन्धित सरोकारवालाको ध्यान दिना विज्ञप्ती जारी गरिएको जैसवालले बताएका छन!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]