२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

अदालतको अत्यावश्यक सेवा चैत २८ सम्म सञ्चालन हुने

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

काठमाडौं सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।
सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक सेवा मात्र सञ्चालन गरिरहेकोमा त्यसलाई यही चैत २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
अदालतको यसअघिको पूर्ण बैठकले आजसम्मका लागि अतिअवाश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको थियो ।
सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरुले १५ दिनको तलब उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
बैठकले मातहतका अदालत तथा न्यायाधीकरणका न्यायाधीशलाई कोषमा सहयोगस्वरुप रकम उपलब्ध गराउने बारेमा लेखी पढाउने निर्णय गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!