११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

भारतमा कोरोना संक्रमितको संख्या करिब तीन हजार

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

काठमाडौं चैत्त २२ गते भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब तीन हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार बिहानसम्म दुई हजार नौ सय दुईजनामा संक्रमणको पुष्टि भएको हो । ५५ जना विदेशी छन् ।
भारतमा कोरोनाभाइरस सक्रिय रहेको बिरामीको संख्या दुई हजार ६५० छन् । १८३ जना संक्रमित निको भई घर फर्केका छन् । शनिबार बिहान छ जना संक्रमितको मृत्यु भएको छ। तीनजना महाराष्ट्र, दुईजना नयाँ दिल्ली र एकजना गुजरातमा कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो ।
महाराष्ट्रमा सबैभन्दा बढी १९ जनाको मृत्यु भएको छ । गुजरातमा नौ, तेलङ्गानामा सात, मध्यप्रदेशमा छ, नयाँ दिल्लीमा छ, पञ्जाबमा पाँच, कर्नाटकामा तीन, पश्चिम बंगालमा तीन, जम्मु काश्मिरमा दुई, उत्तर प्रदेशमा दुई र केरलामा दुई जना संक्रमितको मृत्यु भएको छ ।
आन्ध्रप्रदेश, तामीलनाडू, बिहार र हिमाञ्चल प्रदेशमा एक एक जना संक्रमितको मृत्यु भएको पीटीआईले उल्लेख गरेको छ । कोरोना भाइरसको प्रकोप भारतमा सबैभन्दा बढी महाराष्ट्र, तामीलनाडू र दिल्लीमा छ । महाराष्ट्रमा ४२३ र दिल्लीमा ३८६ तथा तामीलनाडूमा ४११ जनामा संक्रमणको पुष्टि भएको छ । केरलामा २९५, राजस्थानमा १७९ र उत्तरप्रदेशमा १७४ जना संक्रमित छन् । मध्यप्रदेशमा १०४ तथा गुजरातमा ९५ र जम्मु काश्मिरका ७५ जनामा संक्रमणको पुष्टि भएको छ ।
आन्ध्रप्रदेशमा १६१ र तेलङ्गानामा १५८ जनामा संक्रमणको पुष्टि भएको छ । पश्चिम बंगालमा ६३, पञ्जाबमा ५३ र हरियाणामा ४९ जना संक्रमित फेला परेका छन् । बिहारमा २९, असाममा २४, चण्डीगढमा १८, उत्तराखण्डमा १६ तथा लद्दाखमा १४ जना संक्रमित भएका छन् ।
भारतको अन्डामन र निकोबार द्वीपमा पनि दशजना संक्रमित भेटिएको पीटीआईले उल्लेख गरेको छ । झारखण्ड र मणिपुरमा दुई दुई जना तथा मिजोरम, अरुणाचल प्रदेशमा एक एक जनामा संक्रमणको पुष्टि भएको छ । गोर्खापत्र अनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो,धेरै वर्षदेखि कुरिएको नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। *सुरुङको लम्बाइ २.६८ किमी मुख्य सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ जोड्ने काठमाडौंको नागढुङ्गा र धादिङको सिस्ने खोला पहिले ४५ मिनेट-१ घण्टा लाग्ने बाटो अब ५-६ मिनेटमै पार हुन्छ वर्षामा पहिरो, जाम र दुर्घटना घट्ने। तराई-मधेसबाट काठमाडौं आउने सवारीलाई धेरै राहत […]

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

error: Content is protected !!