२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

भारतमा कोरोना संक्रमितको संख्या करिब तीन हजार

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

काठमाडौं चैत्त २२ गते भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब तीन हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार बिहानसम्म दुई हजार नौ सय दुईजनामा संक्रमणको पुष्टि भएको हो । ५५ जना विदेशी छन् ।
भारतमा कोरोनाभाइरस सक्रिय रहेको बिरामीको संख्या दुई हजार ६५० छन् । १८३ जना संक्रमित निको भई घर फर्केका छन् । शनिबार बिहान छ जना संक्रमितको मृत्यु भएको छ। तीनजना महाराष्ट्र, दुईजना नयाँ दिल्ली र एकजना गुजरातमा कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो ।
महाराष्ट्रमा सबैभन्दा बढी १९ जनाको मृत्यु भएको छ । गुजरातमा नौ, तेलङ्गानामा सात, मध्यप्रदेशमा छ, नयाँ दिल्लीमा छ, पञ्जाबमा पाँच, कर्नाटकामा तीन, पश्चिम बंगालमा तीन, जम्मु काश्मिरमा दुई, उत्तर प्रदेशमा दुई र केरलामा दुई जना संक्रमितको मृत्यु भएको छ ।
आन्ध्रप्रदेश, तामीलनाडू, बिहार र हिमाञ्चल प्रदेशमा एक एक जना संक्रमितको मृत्यु भएको पीटीआईले उल्लेख गरेको छ । कोरोना भाइरसको प्रकोप भारतमा सबैभन्दा बढी महाराष्ट्र, तामीलनाडू र दिल्लीमा छ । महाराष्ट्रमा ४२३ र दिल्लीमा ३८६ तथा तामीलनाडूमा ४११ जनामा संक्रमणको पुष्टि भएको छ । केरलामा २९५, राजस्थानमा १७९ र उत्तरप्रदेशमा १७४ जना संक्रमित छन् । मध्यप्रदेशमा १०४ तथा गुजरातमा ९५ र जम्मु काश्मिरका ७५ जनामा संक्रमणको पुष्टि भएको छ ।
आन्ध्रप्रदेशमा १६१ र तेलङ्गानामा १५८ जनामा संक्रमणको पुष्टि भएको छ । पश्चिम बंगालमा ६३, पञ्जाबमा ५३ र हरियाणामा ४९ जना संक्रमित फेला परेका छन् । बिहारमा २९, असाममा २४, चण्डीगढमा १८, उत्तराखण्डमा १६ तथा लद्दाखमा १४ जना संक्रमित भएका छन् ।
भारतको अन्डामन र निकोबार द्वीपमा पनि दशजना संक्रमित भेटिएको पीटीआईले उल्लेख गरेको छ । झारखण्ड र मणिपुरमा दुई दुई जना तथा मिजोरम, अरुणाचल प्रदेशमा एक एक जनामा संक्रमणको पुष्टि भएको छ । गोर्खापत्र अनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!