२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

कोरोना भाइरस नियन्त्रणमा खटिने सेना प्रहरीलाई शतप्रतिशत भत्ता

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

काठमाडौं चैत २२ कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।
कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि शुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना नियन्त्रणमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले भत्ता पाउनेछन् ।
यसैगरी पर्सनल प्रोटेक्सन इक्विपमेन्ट(पीपीई) लगाएर पेसेन्ट रिसिभिङ टिम (पीआरटी)मा काम गर्नेहरूलाई सरकारले शतप्रतिशत भत्ता दिने भएको छ । संक्रमित तथा शंकास्पद बिरामीलाई अस्पताल लैजान सरकारले पीआरसी गठन गरेको हो ।
त्यस्तै, पीपीई नलगाई पीआरटीमा काम गर्ने र क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापनमा खटिनेले तलबको ५० प्रतिशत भत्ता पाउनेछन् ।
ड्युटीमा खटिने अन्य सुरक्षाकर्मीले दैनिक तीन सय रुपैयाँ खाजा खर्च पाउनेछन् । त्यसका लागि कार्यालय प्रमुखले ड्रयुटीमा खटिएको भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यस्तो भत्ता हिनामिना नहोस् भनेर सम्बन्धित प्रहरीको बैंक खातामा जम्मा गर्न भनिएको छ ।
सरकारको निर्णय बिहीबार देशभरीका प्रहरी कार्यालयमा सर्कुलर गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!