२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

मोबाइलमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस यसरी सफा गर्नुहोस

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

जर्मन रिसर्चरहरूले गरेको एक अनुसन्धानले कोरोनाभाइरस स्मार्टफोन मोबाइलको डिस्प्ले र अन्य सिसाको सतहमा ९ दिनसम्म बस्न सक्ने निष्कर्ष निकालेको छ । धातुको सतहमा पनि यो भाइरस ९ दिन सम्म नै बाँच्न सक्छ । कुनै पनि स्मार्टफोनमा धातु र सिसाको प्रयोग भएको हुनाले तपाईंको स्मार्टफोनले पनि कोरोनाभाइरसलाई ९ दिनसम्म बोकेको हुन सक्छ । यी उपकरणहरू कसरी सफा गर्ने भनेर पनि उक्त अध्ययनमा उल्लेख गरिएको छ ।
स्मार्टफोन लगायात अन्य विद्युतीय ग्याजेट र उपकरणहरू – जस्तै ट्याब्लेट, क्यामरा, ल्यापटप आदिलाई पनि सफा राख्नु उचित हुन्छ र सफा गर्न निकै सजिलो पनि रहेको छ ।
उक्त अध्ययनका अनुसार डिस्प्ले र अन्य सतहलाई सफा गर्नका लागि ०.१% ब्लिच र लगभग ७० प्रतिशत इथानोलको ( रक्सी ) मिश्रण नै काफी छ । बजारमा पाइने ह्याण्ड स्यानीटाइजरमा यी कुराहरू पहिलेबाट नै हुने भएकाले डिस्प्ले सफा गर्नका लागि ह्याण्ड स्यानीटाइजर प्रयोग गरे हुने कुरा उक्त अध्ययनको निष्कर्षमा व्यक्त गरिएको छ ।
ह्याण्ड स्यानीटाइजरलाई कपडा वा पेपरमा स्प्रे गरेर स्मार्टफोनको डिस्प्ले र अन्य सतहमा लगाउनुहोस् र कम्तीमा १ मिनटसम्म सुक्न दिनुहोस् । एक मिनट पछि उक्त सतहलाई कपडाले वा टिस्यु पेपरले पुछ्नुहोस् । डिस्प्ले पुछ्न प्रयोग गरिएको पेपर वा कपडालाई सुरक्षितरूपमा फ्याक्नुहोस् ताकी सो कपडा वा पेपर पुन: प्रयोगमा नआओस ।
डिस्प्लेमा सिधै केमिकललाई हाल्नु उचित हुँदैन | सुरुमा कपडा वा पेपरमा लगाउनुहोस् अनि बल्ल उक्त कपडा वा पेपरले डिस्प्ले सफा गर्नुहोस् ।
कतिपय स्मार्टफोनहरूको डिस्प्ले, जस्तै आइफोनको डिस्प्लेमा, चिल्लो हुनबाट बचाउनका लागि बेग्लै लेपको प्रयोग गरिएको हुन्छ जसलाई ओलियोफोभिक कोटिंग भनिन्छ । अत्यन्त कडा क्लिनर वा ब्लिचको प्रयोगले उक्त ओलियोफोभिक कोटिंगलाई नाश गर्न सक्छ र स्क्रिनको डिस्प्लेमा दाग देखिन सक्छ । त्यसैले कडा ब्लिच र केमिकलले बारम्बार स्क्रिनको डिस्प्ले सफा गर्नु पनि उचित हुँदैन ।
स्मार्टफोनलाई सफा गरेपछि आफ्नो हातलाई पनि सफा राख्नुहोस् । फोहर हातले नचलाएपछि स्मार्टफोनलाई बारम्बार सफा गरिरहनु पनि पर्दैन !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!