२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

नेपाल प्रहरीको १५ डिआईजी राख्ने सहमति बढुवाको प्रक्रिया यसै साता हुने

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

(एबिसी क्राईम ब्युरो)
काठमाडौं नेपाल प्रहरीमा रोकिएको डिआईजीको बढुवा प्रक्रिया सुरु हुने भएको छ । डिआईजीको संख्या कति रहने भन्नेमा गृहमन्त्रालयका अधिकारी र प्रहरी नेतृत्वबीच विवाद हुंदा प्रहरीमा डिआईजीको बढुवा रोकिएको थियो । गृहमन्त्रालय र प्रहरी नेतृत्वबीच प्रहरीमा १५ जना डिआईजी राख्ने सहमती भएको उच्च स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयले डिआईजीको बढुवा प्रक्रिया यही हप्ता अघि बढाउने तयारी समेत गरेको छ । प्रहरीमा दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशहरुमा डिआईजीको दरबन्दी भएपनि डिआईजी नहुंदा अहिले रिक्त रहेको छ । दुई नम्बर प्रदेशमा डिआईजी प्रध्मुन कार्की र महानगरीय प्रहरीको नेतृत्वमा डिआईजी विश्वराज पोखरेल छन् । त्यसबाहेक अन्य प्रदेशहरुमा डिआइजी छैनन् ।
त्यतिमात्र होईन प्रहरीका अधिकां विभाग पनि नेतृत्वविहीन बनेका छन् । प्रहरीमा दुई दर्जन एसएपीहरु बढुवाको लागी दौडमा रहेका छन् । सरकारले यसअघि प्रहरीको तीन एआईजी पदमा शैलेश थापा, हरि पाल र ताराणी लम्शाललाई बढुवा गरेको थियो ।
नेपाल प्रहरीमा समयक्रम अनुसार बढुवा नहुंदा रिक्त पदको संख्या बढ्दो क्रममा छ । त्यसका साथै त्यसले उच्च अधिकारीको बृतिविकासमा समेत असर पारेको छ । सुरक्षा निकायमा एक दिन पनि बढुवा रोकिंदा त्यसले संगठनमा नराम्रो असर गर्ने यस क्षेत्रका जानकारहरु बताउंछन् । प्रहरीमा हाल कायम ३४ डिआइजी दरबन्दीमध्ये २२ खाली छन् । त्यस्तै १६ एसएसपी, १७ एसपी, ५२ डिएसपी र एक सय १९ इस्पेक्टरको पद पनि अहिले प्रहरीमा खाली छ ।
प्रहरी मुख्यालय प्रहरी समायोजनको मुखमा कायम रहेको दरबन्दी घटाउंदा संगठनलाई असर पुग्ने भन्दै दरबन्दी घटाउन नहुने पक्षमा थियो । गृहमन्त्रालयले भने संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) समिति समेत गठन गरेर काम अघि बढाएको थियो ।
गृहसचिव अध्यक्ष रहेको सो समितिमा गृहमन्त्रालयका प्रशासनतर्फका सह–सचिव सदस्य–सचिव छन् भने प्रहरी महानिरीक्षक (आइजी), प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह–सचिव, अर्थमन्त्रालयका सह–सचिव र कानुन मन्त्रालयका सह–सचिव सदस्य रहेका छन् ।
प्रहरीमा यसअघि एआईजी र डिआईजी आफु निकटका अधिकारीलाई बढुवा गर्न हचुवाका भरमा दरबन्दी थप्ने काम भएको थियो । नेपाल प्रहरीमा राजनीतिक नेतृत्वको स्वार्थका कारण एआईजीको संख्या १५ र डिआईजीको संख्या ३४ सम्म पुगेको थियो ।
प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीको नियुक्तीसंगै उनले प्रहरीमा बढुवाको प्रक्रिया अघि बढाउन पहल गरेपनि डिआईजीको दरबन्दीमा कुरा नमिलेपछि बढुवा रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव महेश्वर न्यौपानेलाई प्रहरीमा डिआईजी संख्या घटाउन निर्देशन दिएलगत्तै मृगौला प्रत्यारोपणका लागी अस्पताल भर्ना भएका थिए ।
गृहमन्त्रालयले प्रहरीको दरबन्दी घटाउने प्रस्ताव गर्दा प्रहरी महानिरीक्षकले त्यसमा सहमती जनाएका थिएनन् । त्यसपछि गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीसंग छलफल गरेर दरबन्दीको टुंगो लगाउने बताएका थिए । गृहमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्रीसंग गृहमन्त्री थापाले यसबारेमा छलफल गरेपछि १५ जना डिआईजी कायम राख्ने सहमती भएको हो ।
प्रहरीमा पहिलो ब्यांचबाट एसएपीहरु घनश्याम अर्याल, गणेश ऐर,पुरुषोत्तम कडेंल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबावु कार्की, दिलिप चौधरी, देवबहादुर बोहरा र राजेशलाल कर्ण डिआईजीको लागी बढुवाको लाइनमा छन् । त्यसैगरी पछिल्लो ब्याजबाट एसएपीहरु धिरज सिंह,उत्तमराज सुवेदी, दिवेश लोहनी र वसन्त लामा दौडमा छन् । एसएसपीहरु सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार, रविन्द्र धानुक, अरुण विसी र सहकुल थापा समेत बढुवाको लागी दौडमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]