२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

प्रहरीले धमाधम कार्वाही थालेपछी दाङमा लकडाउन अवज्ञा गर्ने घटे

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

(सागर थापा)
दाङमा लकडाउनको अवज्ञा गर्नेको संख्यामा कमी आएको छ त्यस्ता सवारी चालक र व्यक्तिहरूलाई प्रहरीले कडाइ र कार्वाही थालेपछि लकडाउन उल्लंघन गर्नेहरु घटेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जांँचमा कडाइ र कार्वाही थालेपछि अवज्ञा गर्नेहरु घटेको बताए । उनका अनुसार दिनहो जसो मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिने गरेको छ । तीमध्ये अटेरी गर्नेहरु पनि धेरै जनालाई पक्राउ गरेको छ ।
दाङ प्रहरीले अहिलेसम्म लकडाउन उल्लंघन गर्ने १४०० बराबरको सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । लक डाउनको उलंघन गर्नेहरु पैदल यात्रीलाई पनि पक्राउ गरि छाडेको थियो पटक पटक अटेरी गर्नेलाई सार्वजनिक मुद्दा समेत लगाउने तयारी रहेको दाङ प्रहरीले जनाएको छ ।
लकडाउनमा दिउँसो सुनसान रहे पनि बिहान र सांँझ अनावश्यक रूपमा मानिसहरू निस्कन थालेपछि प्रहरीले यसलाई पनि नियन्त्रण गर्ने दाङ प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!