१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

कोरोना भएको भन्दै फेसबुक मार्फत अफवाह फैलाउने पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

कञ्चनपुरमा कोरोना भाइरसबारे अफवाह फैलाएको आरोमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा महेन्द्रनगरको अञ्चल अस्पतालम कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ भन्दै सुनारले स्टाटस लेखेका थिए।
फेसबुकमा स्टाटस पोस्ट गरी सर्वसाधारणमा अफवाह, डर, त्रास र भ्रम फलाउने कार्य गरेकाले सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। सुनारलाई निवासबाटै पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको उनले बताए। सुनारले चैत २० गते फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने स्टाटस पोस्ट गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन् । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर […]

दाङ । घोराहीलाई राम्रो, व्यवस्थित, सफा, सुरक्षित र सम्भावनायुक्त सहर बनाउने कुरा आजको नयाँ बहस होइन। तर, हरेक बहसको एउटा समय हुन्छ, एउटा सन्दर्भ हुन्छ, र एउटा जिम्मेवारी पनि हुन्छ। अहिले “घोराही बनाउ अभियान” को सन्दर्भमा घोराही फेरि एकपटक सार्वजनिक बहसको केन्द्रमा आएको छ। यो सकारात्मक कुरा हो। किनकि कुनै पनि सहर कागजका योजनाले मात्र […]

बाँके । नेपालगन्जमा मनाइएको मोहर्रम पर्व शान्तिपूर्ण, सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। यसको लागि मैदानमा खटिएका जिल्लाका उच्च प्रशासनिक र सुरक्षा अधिकारीहरूलाई मुस्लिम समुदायले अतिनै महत्वपूर्ण सम्मान गरेको छ। *सम्मानित व्यक्तित्वहरू: 1. प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय बाँके 2. प्रहरी प्रमुख एसपी जिल्ला प्रहरी कार्यालय बाँके 3. सशस्त्र प्रहरी प्रमुख एसपी सशस्त्र […]

error: Content is protected !!