०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

सुस्ताबाट एकजना युवक लागू अाैषध सहित पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

(एबिसी क्राइम ब्युरो)
पश्चिम नपलपरसीको सुस्ता गाउँपालिका वडा नम्बर ३ बलुवाटोलबाट कुडिया प्रहरी चाैकिकाे गस्ती टाेलिले विशेष सुचनाकाे अाधारमा एकजना युवकलाई लागुअाैषध सहित पक्राउ गरेको छ । लागुअाैषध सहित पक्राउ पर्नेमा सुस्ता २ गुँदरीयाका रंगलाल गुप्ता रहेका ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डे ले जानकारी दिनु भयाे ।युवककाे साथबाट प्रहरीले ५७६ पिस विनस्पास्मो, ओनेरेक्स ८ वोतल, वुप्रेनोफ्रिन ९ एम्पुल, प्रामेथाजिन ९ एम्पुल, ओजास्पाम १ पिस, २ सय एम एल को सिरिञ्ज, नेट्राजेपाम ट्याब्लेट १० पत्ता, भिभो स्मार्ट मोाईल १ थान र नगद २३ हजार २ सय ५० रुपैयाँ बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका गुप्तालाई ईलाका प्रहरी कार्यालय बेलाटारीमा थप अनुसन्धान का लागि राखि थप कार्वाही अगाडि बढाउने निरिक्षक पाण्डे ले बताउनु भयाे। । गुप्ता लकडाउनको समयमा पनि भारतिय मोटरसाईकल यूपी ५७ आर ८२७१ नम्बरको मोटरसाईकलमा बलुवाटाेल देखी प्रतापपुर गाउँपालिका वडा नम्बर ८ फट्कीटोला तर्फ जादै गर्दा प्रहरीले शंका लागि चेकजाँच गर्दा झोलामा बोकीराखेको अवस्थामा लागुऔषध बरामद भएको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]