२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

जिल्ला र नाकामा प्रहरीको चेकजाँचमा तीब्र कडाइ

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो ।
पहिलो पटक थपिएको लकडाउन २५ चैतमा सकिँदैछ । दोस्रो पटक कम्तीमा एक साता लकडाउन थप्ने तयारी भइरहेको बताइएको छ ।
लकडाउनका कारण बाटोमा फाटफुट सवारी साधनहरु सवारी पास बनाएर चलिरहेका छन् । नेपालमा कोरोना संक्रमित ९ पुगेसँगै सरकारले लकडाउनमा थप कडाइ गर्ने जनाएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकामा प्रहरीले चेकजाँचमा कडाई गरेको छ । राजधानीका मुख्य सडकहरु पूर्ण रुपमा बन्द छन् भने कतै फलफूल पसल र खाद्यान्न पसल भने खुलेका देखिन्छन् । सडक लगभग सुनसान छ । मान्छेको चहलपहल निकै पातलो छ । यद्यपि साँझपख भित्री सडकहरूमा भने मान्छेको चहलपहल हुने गरेको छ ।
यता लकडाउन तोड्नेको संख्या पनि उल्लेख्य रहेको छ । मुख्य सडकहरुमा लकडाउन तोड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर राख्ने गरेको छ भने भित्री सडकहरुमा व्यापक उल्लंघन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए […]

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

error: Content is protected !!