२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

दाङमा सशस्त्र प्रहरी बलको ४ स्थानमा अस्थायी क्याम्प

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

दाङ चैत्र २४ कोरोना भाइरस रोकथामका लागि दाङका चार नाकाक्षेत्रमा सशस्त्र प्रहरी बलको अस्थायी क्याम्प स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले चार नाकाक्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गर्ने जनाएको हो ।
नेपाल भारत सिमाक्षेत्र अन्तर्गत दाङका भैसाही भौरीसाल गुरुङ र भौवानाकामा सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरिने   जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द  रिजालले  जानकारी दिनुभएको छ ।
यसअघि तीन स्थानमा सशस्त्र बल प्रहरीको र नेपाल प्रहरीका चार वटा प्रहरी चौकी र दुई वटा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएका छन् । दाङका गढवा र राजपुरसंग जोडिएका सिमाक्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका ९ वटा पोष्ट सञ्चालनमा रहेका छन् ।
नेपाल प्रहरीको कोइलाबास, मुसिनाका भैंसाही खांग्रामा सिमा प्रहरी चौकी छन भने डगमारा र सिरियामा अस्थायी प्रहरी पोष्ट छन् । यस्तै सशस्त्रका कोइलाबास, सुनपथ्री र खाँग्रा नाकामा स्थापना भएका छन् ।
दाङमा साना ठूला गरी २६ वटा नाका रहेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि तीन नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!