०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

दाङमा सशस्त्र प्रहरी बलको ४ स्थानमा अस्थायी क्याम्प

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

दाङ चैत्र २४ कोरोना भाइरस रोकथामका लागि दाङका चार नाकाक्षेत्रमा सशस्त्र प्रहरी बलको अस्थायी क्याम्प स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले चार नाकाक्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गर्ने जनाएको हो ।
नेपाल भारत सिमाक्षेत्र अन्तर्गत दाङका भैसाही भौरीसाल गुरुङ र भौवानाकामा सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरिने   जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द  रिजालले  जानकारी दिनुभएको छ ।
यसअघि तीन स्थानमा सशस्त्र बल प्रहरीको र नेपाल प्रहरीका चार वटा प्रहरी चौकी र दुई वटा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएका छन् । दाङका गढवा र राजपुरसंग जोडिएका सिमाक्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका ९ वटा पोष्ट सञ्चालनमा रहेका छन् ।
नेपाल प्रहरीको कोइलाबास, मुसिनाका भैंसाही खांग्रामा सिमा प्रहरी चौकी छन भने डगमारा र सिरियामा अस्थायी प्रहरी पोष्ट छन् । यस्तै सशस्त्रका कोइलाबास, सुनपथ्री र खाँग्रा नाकामा स्थापना भएका छन् ।
दाङमा साना ठूला गरी २६ वटा नाका रहेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि तीन नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]