२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

प्रहरीले आइतबार थप ५ सय ३ मोटरसाइकल र स्कुटर पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

(महेन्द्र सिंह) बाँके चैत २४ लकडाउन उलङ्घन गर्नेहरुका विरुद्ध कडा रुपमा उत्रिएको बाँके प्रहरीले आइतबार बेलुका थप ५ सय ३ मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको छ ।
आइतबार बेलुका प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्ने ५ सय ३ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको जनाएको छ । शनिबार मात्र प्रहरीले ४ सय ४१ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको थियो ।
लकडाउनलाई कडाईकासाथ कार्यान्वयनका लागि निरन्तरता दिईने र नियन्त्रणमा लिइएका सवारी साधनका चापी लकडाउन समय अबधिभर फिर्ता नदिइने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
प्रहरीको यो काम सर्वसाधारणले सकारात्मक रुपले लिएका छन । तर, नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले व्यवस्थापन गर्न सकेको देखिएको छैन । जुन स्थानमा नियन्त्रण गरिएको छ त्यही स्थानमा पार्किङ गरेर राख्दा कतिपय सवारी धनीले रातिको समयमा आफ्ना सवारी साधनलाई अर्को चापि प्रयोग गरेर कतिपयले डोर्याउदै पनि लग्ने गरेको पाइएको छ ।
नियन्त्रण गरिएका सवारी साधनलाई कुनै निश्चित स्थानमा लगेर पार्किङ गर्न सके यो कारवाही थप प्रभावकारी हुने देखिन्छ । त्यसैगरी, सहरको मुख्य सडकमा मात्र नभएर भित्री सडकमा समेत प्रहरी सक्रियताको आवश्यक देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!