१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

काठमाडौंको सुनसान सडकमा तथ्यांक लिँदै ट्राफिक प्रहरीहरु

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

काठमाडौँ कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल सरकारले लकडाउन गरेको छ। सोमबार लक डाउनको १४ औँ दिन हो। सरकारले लकडाउन थप ८ दिन लम्ब्याएको छ।
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधन के कति र कति आवश्यकताका लागि चले भनेर तथ्यांक राख्न सुरु गरेको छ। काठमाडौँमा चारवाट नाका कोटेश्वर,थापाथली, केशरमहल र महाराजगन्जबाट सोमबारदेखि तथ्याङ्क संकलन सुरु गरेको हो।
बिहान ११ बजेबाट इन्स्पेक्टरको कमाण्डमा चारै ठाउँमा तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ। ट्राफिक प्रहरीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार पूर्ण रुपले कति सवारी साधन चले भन्ने तथ्याङ्क साँझमा संकलनमा खटिएकाहरु फर्किए भने थाहा हुने छ। उनका अनुसार यसरी तथ्याङ्क संकलन गर्नुमा सवारी साधन कति आवश्यकताले प्रयोगमा आएका छन् र कस्ता सवारी साधन चले भनेर जानकारी लिनु प्रमुख कारण हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । उनलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । वीरेन्द्रनगर नगरपालिका-३ का २४ वर्षका समिर थापा माता भन्दै लामो समयदेखि झारफूक गर्दै आएका थिए । उनले केही समय अघि एक महिलालाई गालीगलौज र कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले साउन १३ गते पक्राउ गरेको थियो । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई […]

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]