२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

काठमाडौंको सुनसान सडकमा तथ्यांक लिँदै ट्राफिक प्रहरीहरु

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

काठमाडौँ कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल सरकारले लकडाउन गरेको छ। सोमबार लक डाउनको १४ औँ दिन हो। सरकारले लकडाउन थप ८ दिन लम्ब्याएको छ।
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधन के कति र कति आवश्यकताका लागि चले भनेर तथ्यांक राख्न सुरु गरेको छ। काठमाडौँमा चारवाट नाका कोटेश्वर,थापाथली, केशरमहल र महाराजगन्जबाट सोमबारदेखि तथ्याङ्क संकलन सुरु गरेको हो।
बिहान ११ बजेबाट इन्स्पेक्टरको कमाण्डमा चारै ठाउँमा तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ। ट्राफिक प्रहरीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार पूर्ण रुपले कति सवारी साधन चले भन्ने तथ्याङ्क साँझमा संकलनमा खटिएकाहरु फर्किए भने थाहा हुने छ। उनका अनुसार यसरी तथ्याङ्क संकलन गर्नुमा सवारी साधन कति आवश्यकताले प्रयोगमा आएका छन् र कस्ता सवारी साधन चले भनेर जानकारी लिनु प्रमुख कारण हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]