२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

बाँके प्रहरीले लक डाउन उलंघन गर्ने २१९ सवारी साधन नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

(महेन्द्र सिंह)
कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले अहिले लकडाउनको घोषणा गरेको छ ।
बाँकेमा दिनभर लकडाउनको उल्लंघन नभए पनि साँझपख मानिसहरु सडकमा निस्कन थालेपछि प्रहरी समेत आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ ।
लकडाउनको १४ औं दिन सोमबार मात्र बाँके प्रहरीले लकडाउन उल्लंघन गर्ने २१९ वटा सवारी साधनको चाबी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले प्रहरी अब लकडाउनलाई प्रभावकारी बनाउन लागि पर्ने बताए ।
‘लकडाउन प्रभावकारी बनाउन प्रहरीले अब कुनै कसुर बाँकी राख्दैन’ उनले भने, ‘सोही क्रममा शनिबार मात्र लकडाउनको प्रवाह नगरी चलाउने २१९ वटा मोटरसाइकलका चाबी नियन्त्रणमा लिएका छौं ।’
अत्यावश्यक कामका लागि हिडेका मोटरसाइकललाई छाड्दा त्यसको देखासिकी अरुले मनपरी गरिरहेको उनले बताए । शनिबार जिल्लाका विभिन्न स्थानहरुमा लकडाउन प्रभावकारी बनाउनको लागि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!