२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके प्रहरीले लक डाउन उलंघन गर्ने २१९ सवारी साधन नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

(महेन्द्र सिंह)
कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि सरकारले अहिले लकडाउनको घोषणा गरेको छ ।
बाँकेमा दिनभर लकडाउनको उल्लंघन नभए पनि साँझपख मानिसहरु सडकमा निस्कन थालेपछि प्रहरी समेत आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ ।
लकडाउनको १४ औं दिन सोमबार मात्र बाँके प्रहरीले लकडाउन उल्लंघन गर्ने २१९ वटा सवारी साधनको चाबी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले प्रहरी अब लकडाउनलाई प्रभावकारी बनाउन लागि पर्ने बताए ।
‘लकडाउन प्रभावकारी बनाउन प्रहरीले अब कुनै कसुर बाँकी राख्दैन’ उनले भने, ‘सोही क्रममा शनिबार मात्र लकडाउनको प्रवाह नगरी चलाउने २१९ वटा मोटरसाइकलका चाबी नियन्त्रणमा लिएका छौं ।’
अत्यावश्यक कामका लागि हिडेका मोटरसाइकललाई छाड्दा त्यसको देखासिकी अरुले मनपरी गरिरहेको उनले बताए । शनिबार जिल्लाका विभिन्न स्थानहरुमा लकडाउन प्रभावकारी बनाउनको लागि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!