२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आफूखुसी राहत सङ्कलन तथा वितरण नगर्न प्रशासनको अनुरोध

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

(सागर थापा) दाङ जिल्लामा सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए।
आफूखुसी राहत सङ्कलन तथा वितरण गर्ने वा गराउनेलाई सङ्क्रमक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने छ, उनले भने, कोरोना भाइरस (कोभिड—१९) नियन्त्रण अभियानका लागि भनेर जिल्ला प्रशासन कार्यालयको स्वीकृति बिना नै राहत सङ्कलन कार्य भैरहेको भन्ने जन गुनासो आएपछि आफूखुसी राहत सङ्कलनमा रोक लगाइएको छ। यसका विरुद्ध गएमा कारवाही हुनेछ।
जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना प्रकाशित गरी जिल्लामा विभिन्न व्यक्ति, फर्म, सङ्घसंस्था तथा नागरिक समाजलगायतले सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई बेवास्ता गर्दै नगद, जिन्सी, खाद्यान्न लगायतका सामग्री सङ्कलन गर्ने प्रयास गरेको तथा राहत वितरणमा सक्रिय भएकाले अहिलेलाई यस खालको कार्य नगर्न/नगराउन आग्रह गरेको छ। यदि कसैले आफ्नै तर्फबाट राहत वितरण गर्न चाहेमा स्थानीय आवश्यकता र औचित्य पुष्ट्याइँ सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न सकिने व्यवस्था मिलाइएको प्रकाशित सूचना उल्लेख गरिएको छ। ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!