२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

दाङ दंगिशरणमा राहत दिनेमा महिला सामुदायिक पहिलाे

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

(सागर थापा) दाङ चैत्र २६ दांगिशरण गाउँपालिकामा राहात प्रदान गर्नेमा मिहला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेड नै पहिलाे संस्था भएकाे छ ।
विश्वभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसका कारण भएकाे लकडाउन वाट परेकाे शंकट माेचन गर्नका लागि महिला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेडले सबै भन्दा पहिला राहात प्रदान गरेकाे गाउँपालिकाले जानकारी दिएकाे छ । गाउँपालकाकाे समन्वयमा ४२ हजारकाे १० क्विइन्टल चामल संस्थाका सञ्चार अधिकृत देविराम कुसारीले गाउँपालिकाका जिन्सि व्यवस्थापक मस्तविर चाैधरीलाई राहात प्रदान गर्नुभएकाे हाे ।
गाउँपालकामा अहिले सम्म कुनै पनि संस्थाले राहात प्रदान नगरेकाे गाउँपालिकाले जानकारी दिएकाे छ । अहिलेकाे अवस्थामा महिला सामुदायिककाे याे राहातले गाउँपालिकालाई ठुलाे सहयाेग पुग्ने गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीले वताउनु भयाे । अहिले विपन्नकाे छनाेट भैरहेकाे वताउदै सबैकाे तथ्यांक संकलन र खाद्य सामाग्री जम्मा भएपछि एक द्वार प्रणालि वाट राहात वितरण गरिने अध्यक्ष चाैधरीले जानकारी दिनुभएकाे छ ।
त्यसैगरी संस्थाले तुलसीपुर उम-महानगरपालिकालाई पनि राहात प्रदान गरेकाे छ । संस्थाका बरिष्ठ प्रवन्धक लाेकमणी रेग्मी, वजार व्यवस्थापक कमलाकान्त दाहाल र सञ्चार अधिकृत देविराम कुसारीले ६३ हजारकाे १५ क्विइन्टल चामल नगरपालिकाका प्रमुख धनश्याम पाण्डेलाई राहात प्रदान गर्नुभएकाे हाे । राहातले स्थानिय जनताकाे समस्या सामाधानमा सहयाेग पुग्ने वताउदै प्रमुख पाण्डेले यतिवेला देखिएकाे मनाे सामाजिक समस्याका वारेमा पनि समन्वयकारी भुकिका खेल्दिन वरिष्ठ प्रवन्धक रेग्मिसंग अाग्रह गर्नुभएकाे थियाे । मनाे सामाजिक समस्या समाधानका वारेमा संस्थासंग चालिम प्राप्त मनाे विमर्षकर्ता पनि भएकाे वताउदै सकारात्मक सहयाेग गर्न तयार रहेकाे वताउनुभएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!