१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

कोहलपुर प्रहरीले बलात्कारको अभियोगमा एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(महेन्द्र सिंह)
बाँके चैत २७ कोहलपुरमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा कोहलपुर –११ निवासी २० वर्षीय आकाश मल्ललाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आइतबार साँझ कोही नभएका समयमा घोराही – ६ घर भई कोहलपुर, एकता नगर बस्दै आएका १९ वर्षीय अङ्कित गिरीले काम छ भन्दै मल्लका घरमा बोलाएर दुवै जनाले बलात्कार गरेको पीडितले सोमबार प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ । अभियुक्त गिरी भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी घटनाबारे अनुसन्धान शुरु गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

error: Content is protected !!