२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

सुत्केरीलाई पाेशिलाे आहारा बाढ्दै वडाअध्यक्ष – वली

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(कपिल लामिछाने) नेपालमा अहिले चलिरहेकाे लकडाउनका कारण कतिपय बृद्ध,बृद्धा,दैनिक ज्याला मजदुरी गर्ने मानीसहरुलाईकाे दैनिक गुजारा कष्टकर भईरहेकाे छ । काेराेना राेग राेकथामका लागी नेपाल सरकारले गरेकाे लकडाउनबाट प्रत्यक्ष रुपमा ज्याला मजदुरी गर्ने मानीसहरु समस्यामा परेका छन् । साथै अहिलेकाे लकडाउनका कारण गाउँ,शहरमा बस्तुहरुकाे अभाव पनि देखिरहेकाे छ । यसबिचमा सुत्केरी भएका महिलाहरुलाई पाेशिलाे खानाका लागी बजारमा मासु,अण्डा लगाएतका बस्तुहरुकाे सहज रुपमा परिपूर्ती नहुदाँ उनिहरुकाे बच्चाहरुकाे बिकासका लागी समस्या परेकाे देखिन्छ । यसै कुरालाई मध्येनजर गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले आफ्नाे वडामा सुत्केरी भएका, दुई(२) बिपन्न परिवारका सदस्यहरुलाई आज घरमा नै गई २५ केजि चामल, १ लिटर तेल, १ केजि नुन र १/१ क्यारेट अण्डा हस्तान्तरण गर्नुभएकाे छ । शुभकाेटी टाेलमा बसाेबास गर्ने राजु नेपालीकाे श्रीमती र प्रविण नेपालीकाे श्रीमतीलाई उक्त राहत वितरण गरिएकाे हाे । राहत पाएसँगै उनिहरुकाे मुहारमा खुसीकाे किरण देख्न सकिन्थ्याे, राहत लिईसकेपछि राजु नेपालीले भने हामीलाई लागेकाे थिएन हामीले केहि राहत पाउछाैँ भनेर तर वडा अध्यक्ष घरमा नै आएर मेरी श्रीमती र बच्चाकाे भविस्य साेचेर राहत दिनुभयाे हामी एकदम खुसी छाैँ भन्दै आफ्नाे खुसी ब्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!