०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

महिला सामुदायिकद्धारा एकै दिन २ लाखको राहात प्रदान

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(सागर थापा)
दाङ, चैत्र २७ महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड घोराही दाङले कोरोनाको कहर न्यौनिकरणका लागि दाङका विभिन्न स्थानिय तहमा गरी एकै दिन दुई लाखको राहात प्रदान गरेको छ ।
बिश्वब्यापी रुपमा फैलियको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउन वाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले निरन्तर सहयोग प्रदान गर्दै आइरहेको छ । यसै क्रममा विहिवार (आज) मात्रै दुइ लाख राहात वितरण गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोमणी रेग्मीले जानकारी दिनुभएको छ । संस्थाले गढावा, राप्ती गाउँपालिका र लमही नगरपालिकालाई गरी एक लाख ५० हजार नगद र बबई गाउँपालिकालाई १० क्वीइन्टल चामल गरी दुई लाख सहयोग प्रदान गरेको हो ।
कोरोना भाइरसका कारण भएको लक डाउन वाट समस्यामा परेका दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लाहरुमा सामुदायिक सचेतना प्रदान गरि सामाजिक सदभाब बढाउने तथा बिपन्न परिवारको दैनिकीमा सरलता ल्याउने उदेश्यका साथ राहात प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकी दिनुभएको छ । बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी.लाई संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारी ५० हजार, राप्ती गाउँपालिका प्रमुख नुमाराम पोख्रेललाई संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारीले ५० हजार, गडवा गाउँपालिका प्रमुख सहजराम यादबलाई संस्थाका लेखापाल निमर्ला पाण्डेयले ५० अजार नगद प्रदान गर्नु भएको थियो ।
त्यसैगरी बबई गाउँपालिकाका लाई संस्थाका सञ्चार अधिकृत देविराम कुसारीले प्रदान गर्नुभएको थियो । संस्थाको दाङका सवै तहलाई राहात प्रदान गर्ने संस्थागत निर्णय अनुसार बंगलाचुली गाउँपालिका वाहेक सवौलाई राहात प्रदान गरेको अधिकृत कुसारीले जानकारी दिनुभएको छ । बंगलाचुली गाउँपालिकालाई पनि छिट्टै राहात प्रदान गर्ने तयारी रहेको संस्थाका परिष्ठ प्रवन्धक पवन योगीले जानकारी दिनुभएको छ । संस्थाको सानो सहयोगलाई सहजै स्वीकारेकोमा संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगी सवै स्थानिय तहलाई धन्यवाद दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]