१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

महिला सामुदायिकद्धारा एकै दिन २ लाखको राहात प्रदान

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(सागर थापा)
दाङ, चैत्र २७ महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड घोराही दाङले कोरोनाको कहर न्यौनिकरणका लागि दाङका विभिन्न स्थानिय तहमा गरी एकै दिन दुई लाखको राहात प्रदान गरेको छ ।
बिश्वब्यापी रुपमा फैलियको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउन वाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले निरन्तर सहयोग प्रदान गर्दै आइरहेको छ । यसै क्रममा विहिवार (आज) मात्रै दुइ लाख राहात वितरण गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोमणी रेग्मीले जानकारी दिनुभएको छ । संस्थाले गढावा, राप्ती गाउँपालिका र लमही नगरपालिकालाई गरी एक लाख ५० हजार नगद र बबई गाउँपालिकालाई १० क्वीइन्टल चामल गरी दुई लाख सहयोग प्रदान गरेको हो ।
कोरोना भाइरसका कारण भएको लक डाउन वाट समस्यामा परेका दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लाहरुमा सामुदायिक सचेतना प्रदान गरि सामाजिक सदभाब बढाउने तथा बिपन्न परिवारको दैनिकीमा सरलता ल्याउने उदेश्यका साथ राहात प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकी दिनुभएको छ । बिपत ब्यवस्थापन कोषमा जम्मा हुनेगरी लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी.लाई संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारी ५० हजार, राप्ती गाउँपालिका प्रमुख नुमाराम पोख्रेललाई संस्थाका बरिष्ठ अधिकृत रमेश अधिकारीले ५० हजार, गडवा गाउँपालिका प्रमुख सहजराम यादबलाई संस्थाका लेखापाल निमर्ला पाण्डेयले ५० अजार नगद प्रदान गर्नु भएको थियो ।
त्यसैगरी बबई गाउँपालिकाका लाई संस्थाका सञ्चार अधिकृत देविराम कुसारीले प्रदान गर्नुभएको थियो । संस्थाको दाङका सवै तहलाई राहात प्रदान गर्ने संस्थागत निर्णय अनुसार बंगलाचुली गाउँपालिका वाहेक सवौलाई राहात प्रदान गरेको अधिकृत कुसारीले जानकारी दिनुभएको छ । बंगलाचुली गाउँपालिकालाई पनि छिट्टै राहात प्रदान गर्ने तयारी रहेको संस्थाका परिष्ठ प्रवन्धक पवन योगीले जानकारी दिनुभएको छ । संस्थाको सानो सहयोगलाई सहजै स्वीकारेकोमा संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगी सवै स्थानिय तहलाई धन्यवाद दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!