१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

रौतहट मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ ।
मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका छन् ।
बिबीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए ।
प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उल्लङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरुले उनिमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो सङ्ख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताए ।
अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

कैलाली । अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर *१९ जनालाई नियन्त्रणमा* लिएको खबर आएको छ। पक्राउ पर्नेमा यौन धन्दामा संलग्न जोडीहरू पनि रहेको प्रहरीको भनाइ छ। 1. *स्थान*: अत्तरिया क्षेत्रको होटल 2. *पक्राउ संख्या*: १९ जना 3. *आरोप*: यौन धन्दामा संलग्नता 4. *कारबाही*: प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ […]

error: Content is protected !!