०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

रौतहट मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ ।
मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका छन् ।
बिबीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए ।
प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उल्लङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरुले उनिमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो सङ्ख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताए ।
अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]