११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

लकडाउनको बेला मध्यरातमा बालुवा गिट्टीको तस्करी पाँचवाट टिप्पर प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, चैत्र २९, २०७६

दाङ तुलसीपुरमा शुक्रबार गएराति प्रहरीले तुलसीपुरको पातुखोलावाट झन्डै आधा दर्जन जति टिप्पर नियन्त्रण लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बनगाउ क्षेत्रको पातुखोलामा अवैद्य रुपमा खोला जन्य बस्तुको उत्खनन् र ओसार पसारमा प्रयोग गरिएका पाँच वटा टिप्पर नियन्त्रणमा लिइएको छ ।
स्रोतले पक्राउ परेका टिप्परहरु टोपबहादुर बस्नेत लगाएका व्यक्तिको रहेको जानकारी दिएको छ । स्रोतका अनुसार प्रहरीले उनको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । ‘एउटा मात्रै टिप्पर प्रहरीले राति तुलसीपुर लगेको छ र अन्य केही टिप्पर र जेसिबी खोला मै छन्,’ एक स्थानीले भने ।
तर जिल्लाका प्रहरी अधिकारीहरुले भने यो विषयमा स्पष्ट रुपमा जानकारी दिन चाहेनन् । जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले केही टिप्परहरु नियन्त्रणमा लिएको जानकारी दिएपनि कति वटा र कहाँवाट लिइएको हो ? भन्ने वारेमा स्पष्ट भइ नसकेको जानकारी दिए । प्रहरीसंग चालक नभएको र टिप्पर खोलामै छोडेर चालक राति नै भागेको भन्ने जानकारी उनले दिए । खोलाका टिप्पर ल्याएपछि मात्रै एकिनका साथ भन्न मिल्ने एसपी भट्टराईले बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अधिकारी भने पटक÷पटक फोन सम्पर्क गर्दापनि सम्पर्कमा आउन चाहेनन् । विहान ८ बजेदेखि साढे १० बजेसम्म फोन गर्दापनि सहयोगीले सरले गेम खेलिरहेको भन्ने जानकरी दिएका थिए ।
स्थानीयले भने प्रहरी प्रशासनको सेटिङमा तस्करी हुने गरेको आशंका व्यक्त गरेका छन् । ‘यहाँ घुमुवा संगको सेटिङमा लकडाउनमा पनि खोलाको बालुवाट गिट्टी चोर्नेकाम भइरहेको छ,’ एक स्थानीयले भने ‘ रातारात त्यो बालुवा गिट्टी क्रसर उद्योगहरुमा पुग्ने गर्छ।’गाउँलेको सक्रियतामा गएराति साढे बाह्रेबजेतिर ती टिप्परहरु नियन्त्रणमा लिइएको एक स्थानीयले जानकारी दिए । (फरक-कोणबाट सभार)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

error: Content is protected !!