२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

लकडाउनको बेला मध्यरातमा बालुवा गिट्टीको तस्करी पाँचवाट टिप्पर प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, चैत्र २९, २०७६

दाङ तुलसीपुरमा शुक्रबार गएराति प्रहरीले तुलसीपुरको पातुखोलावाट झन्डै आधा दर्जन जति टिप्पर नियन्त्रण लिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बनगाउ क्षेत्रको पातुखोलामा अवैद्य रुपमा खोला जन्य बस्तुको उत्खनन् र ओसार पसारमा प्रयोग गरिएका पाँच वटा टिप्पर नियन्त्रणमा लिइएको छ ।
स्रोतले पक्राउ परेका टिप्परहरु टोपबहादुर बस्नेत लगाएका व्यक्तिको रहेको जानकारी दिएको छ । स्रोतका अनुसार प्रहरीले उनको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । ‘एउटा मात्रै टिप्पर प्रहरीले राति तुलसीपुर लगेको छ र अन्य केही टिप्पर र जेसिबी खोला मै छन्,’ एक स्थानीले भने ।
तर जिल्लाका प्रहरी अधिकारीहरुले भने यो विषयमा स्पष्ट रुपमा जानकारी दिन चाहेनन् । जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले केही टिप्परहरु नियन्त्रणमा लिएको जानकारी दिएपनि कति वटा र कहाँवाट लिइएको हो ? भन्ने वारेमा स्पष्ट भइ नसकेको जानकारी दिए । प्रहरीसंग चालक नभएको र टिप्पर खोलामै छोडेर चालक राति नै भागेको भन्ने जानकारी उनले दिए । खोलाका टिप्पर ल्याएपछि मात्रै एकिनका साथ भन्न मिल्ने एसपी भट्टराईले बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अधिकारी भने पटक÷पटक फोन सम्पर्क गर्दापनि सम्पर्कमा आउन चाहेनन् । विहान ८ बजेदेखि साढे १० बजेसम्म फोन गर्दापनि सहयोगीले सरले गेम खेलिरहेको भन्ने जानकरी दिएका थिए ।
स्थानीयले भने प्रहरी प्रशासनको सेटिङमा तस्करी हुने गरेको आशंका व्यक्त गरेका छन् । ‘यहाँ घुमुवा संगको सेटिङमा लकडाउनमा पनि खोलाको बालुवाट गिट्टी चोर्नेकाम भइरहेको छ,’ एक स्थानीयले भने ‘ रातारात त्यो बालुवा गिट्टी क्रसर उद्योगहरुमा पुग्ने गर्छ।’गाउँलेको सक्रियतामा गएराति साढे बाह्रेबजेतिर ती टिप्परहरु नियन्त्रणमा लिइएको एक स्थानीयले जानकारी दिए । (फरक-कोणबाट सभार)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!