११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा सीमा नाकामा अस्थायी पोष्ट खडागरि कडा रुपमा निगरानी बढाइयो

Logo
प्रकाशित शनिबार, चैत्र २९, २०७६

अजय मिश्र, कृष्णनगर , २९ चैत
छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यपारीहरु र भारत कमाउन गएका केहि नेपालीहरु रातीको समया खेत र आलीको बाटो हुदै खाद्यान्न सामाग्री सहित नेपाल भित्रिरहेको गुनासो बढेपछि शसस्त्र प्रहरीले नियमित ड्यूटी र अन्य ठाउ लगाएत पांच ठांउमा अस्थायी पोष्ट राखि आवतजावत पुर्ण रुपमा रोक लगाएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमा ईलाकामा कृष्णनगर न.पा.- १ स्थित कुकुरभुकुवा नाकाको २ ठाउँमा, कृष्णनगर न.पा.- २ स्थित लिङ्कगेटमा हेल्थ डेक्स सहितको डियुटी, कृष्णनगर न.पा.- ३ स्थित यात्रुगेट डियुटी, ४ स्थित सिर्सिहवा नाका, कृष्णनगर न.पा.-१२ स्थित हरिहरपुर, कृष्णनगर न.पा.-१२ स्थित ठाकुरापुर, कृष्णनगर न.पा.-१२ स्थित बरईपुर, कृष्णनगर न.पा.-१२ स्थित भगवानपुर नाकाहरुमा कोरोना भाईरस Covid-19 नियन्त्रणको लागी भारतबाट नेपाल आवत जावत पूर्ण रुपमा रोकथाम गर्नको लागी टेन्ट लगाई उक्त नाकाहरुमा २४ सै घण्टा रहने गरी डियुटी खटाईएको, बिभिन्न स्थानहरुमा जनचेतना सम्बन्धि कार्यक्रम र जनहितमा जारी अडियो सन्देश आम जनमानसमा चेतना समेत जगाउदै आएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही ले जानकारी दिए।
भारतबाट व्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सरसमानबाट क्रोना संक्रमण नेपालमा सर्ने र माहामारीको रुप लिन सक्ने जोखिम हुँदा उक्त जोखिम न्युनिकरणका लागि शसस्त्र प्रहरीले सिमामा २४ घण्टै कडा निगरानी गर्न बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
शाहीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमामा अस्थायी पोष्ट बनाई सिमापारीबाट चोरीलुकी हुने अवागमनमा पुर्ण रुपले रोक लगाएको बताए । अस्थायी पोष्टहरु बनाई सुरक्षकर्मीहरु खटाइएको कारोबारी तथा स्थानियहरुलाई वारीपारी रोक लगाइएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!